लकडाउनको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा
काठमाडाैँ । सरकारले लकडाउनको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिएको छ।
शनिबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी बनाउने जिम्मेवारी मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई दिएको हो।
‘सबै परिस्थिति हेर्ने अनि देश-विदेशको अनुभव पनि हेर्ने र त्यसको आधारमा के गर्ने भनेर कार्यदलले प्रस्ताव बनाउँछ’,बैठकमा सहभागी एक मन्त्रीले भने,‘उक्त कार्यदलले प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नेछ।’
उक्त कार्यदलमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका सुरक्षा प्रमुख छन्।
लकडाउन खुकुलो पार्ने कि नपार्ने भन्नेबारे पनि बैठकमा छलफल भएको थियो।
हिमाली क्षेत्रमा खुकुलो बनाउने भन्ने सुझाव पनि आएको तर यी सुझाव आए पनि सम्पूर्ण निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने ती मन्त्रीले जानकारी दिए।
‘हिमाली क्षेत्रहरूमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग छलफल गर्ने र ती जिल्लाहरूमा खुकुलो पार्न सकिन्छ कि भन्ने कुरा उठ्यो’,उनले भने,‘त्यसैगरी विभिन्न ठाउँ हेरी संक्रमणको खतरा हेरी र उच्च सतर्कता अपनाएर खुकुलो पार्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भयो।’
यद्यपी तत्काल लकडाउन खुकुलो पार्ने परिस्थिति भने नभएको बैठकमा छलफल भएको ती मन्त्रीले बताए।
यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लकडाउनको मोडालिटी बनाउन निर्देशन दिएका थिए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












