लकडाउनको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा
काठमाडाैँ । सरकारले लकडाउनको मोडालिटी बनाउन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिएको छ।
शनिबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी बनाउने जिम्मेवारी मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई दिएको हो।
‘सबै परिस्थिति हेर्ने अनि देश-विदेशको अनुभव पनि हेर्ने र त्यसको आधारमा के गर्ने भनेर कार्यदलले प्रस्ताव बनाउँछ’,बैठकमा सहभागी एक मन्त्रीले भने,‘उक्त कार्यदलले प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नेछ।’
उक्त कार्यदलमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका सुरक्षा प्रमुख छन्।
लकडाउन खुकुलो पार्ने कि नपार्ने भन्नेबारे पनि बैठकमा छलफल भएको थियो।
हिमाली क्षेत्रमा खुकुलो बनाउने भन्ने सुझाव पनि आएको तर यी सुझाव आए पनि सम्पूर्ण निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने ती मन्त्रीले जानकारी दिए।
‘हिमाली क्षेत्रहरूमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग छलफल गर्ने र ती जिल्लाहरूमा खुकुलो पार्न सकिन्छ कि भन्ने कुरा उठ्यो’,उनले भने,‘त्यसैगरी विभिन्न ठाउँ हेरी संक्रमणको खतरा हेरी र उच्च सतर्कता अपनाएर खुकुलो पार्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भयो।’
यद्यपी तत्काल लकडाउन खुकुलो पार्ने परिस्थिति भने नभएको बैठकमा छलफल भएको ती मन्त्रीले बताए।
यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लकडाउनको मोडालिटी बनाउन निर्देशन दिएका थिए।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












