कोरोना भाइरसः विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५३ हजारको मृत्यु
एजेन्सि । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख २ हजार ४५५ पुगेको छ।
त्यस्तै २८ लाख ९२ हजार ५०८ मा संक्रमण भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ।
यस्तै विश्वभर ८ लाख १५ हजार ६५८ निको भएर घर फर्किसकेका छन्।
मृतक र संक्रमित संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ। अमेरिकामा मात्र ५३ हजार ५११ ले ज्यान गुमाएका छन् भने ९ लाख ३६ हजार ६१६ जनामा संक्रमण पुष्टि भइसकेको छ। हालसम्म संक्रमितमध्ये करिब १ लाख निको भएका छन्।
यसैगरी स्पेनमा २ लाख २३ हजार ७५९ लाई कोरोना संक्रमण हुँदा २२ हजार ९०२ ले ज्यान गुमाएका छन्। त्यस्तै ९५ हजार ७०८ जना निको भएका छन्।
यूरोपियन मुलुकमध्ये इटालीमा सबभन्दा बढीको ज्यान गएको छ। हालसम्म इटालीमा २६ हजार ३८४ ले ज्यान गुमाएका हुन्। त्यस्तै १ लाख ९५ हजार ३५१ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ६३ हजार १२० निको भएर घर फर्किएका छन्।
पछिल्लो पटक रुसमा संक्रमण तीव्र देखिएको छ। तर मृत्युदर भने कम देखिएको छ। हालसम्म ७४ हजार ५८८ मा संक्रमण पुष्टि भइसक्दा ६८१ ले ज्यान गुमाएका छन्।
त्यस्तै छिमेकी मुलुक भारतमा मृत्यु हुनेको संख्या ८२५ पुगेको छ। २६ हजार २८३ मा संक्रमण पुष्टि हुँदा ५ हजार ९३९ भने निको भइसकेका छन्।
कुन देशमा कति ?
अमेरिका
संक्रमित: ९,३६,६१६
मृत्यु: ५३,५११
निको: ९९,७९२
स्पेन
संक्रमित: २,२३,७५९
मृत्यु: २२,९०२
निको: ९५,७०८
इटाली
संक्रमित: १,९५,३५१
मृत्यु: २६,३८४
निको: ६३,१२०
फ्रान्स
संक्रमित: १,६१,६४४
मृत्यु: २२,६४८
निको: ४५,३७२
जर्मनी
संक्रमित: १,५६,४१८
मृत्यु: ५,८७३
निको: १,०९,८००
बेलायत
संक्रमित: १,४९,५६९
मृत्यु: २०,३८१
निको: ७७४
टर्की
संक्रमित: १,०७,७७३
मृत्यु: २,७०६
निको: २५,५८२
इरान
संक्रमित: ८९,३२८
मृत्यु: ५,६५०
निको: ६८,१९३
चीन
संक्रमित: ८३,९०१
मृत्यु: ४,६३६
निको: ७८,१३८
रुस
संक्रमित: ७४,५८८
मृत्यु: ६८१
निको: ६,२५०
ब्राजिल
संक्रमित: ५८,९९७
मृत्यु: ४,०४५
निको: २९,१६०
भारत
संक्रमित: २६,२८३
मृत्यु: ८२५
निको: ५,९३९
नेपाल
संक्रमित: ४९
मृत्यु: ०
निको: १२
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











