कोरोना भाइरस : करिव ३० लाख संक्रमित, २ लाख ६ हजारभन्दा बढीको मृत्यु
काठमाडौं । करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट करिव ३० लाख मानिस संक्रमित भएका छन् भने २ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ३ हजार ७५१ जनाको मृत्यु भएको छ भने ७३ हजार ८५८ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या २९ लाख ९४ हजार ७३१ पुगेको छ ।
कोरोना भाइरसको महामारीबाट सबै भन्दाबढी बढी प्रभावित अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५५ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म थप १ हजार १५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ४१३ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ५०९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ८७ हजार १६० पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार ७८१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख १२ हजार ९६६ जनामध्ये १५ हजार १४३ जनाको अवस्था गम्भीर रहेको छ ।
आइतबार थप २६० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ६४४ पुगेको छ । यसअघि शनिबार त्यहाँ ४१५ जनाको मृत्यु भएको थियो । संक्रमितको संख्यामा भने खासै सुधार हुन सकेको छैन ।
शुक्रबार २ हजार ३५७ जना नयाँ संक्रमित देखिएकोमा पछिल्लो २४ घण्टामा पनि त्यहाँ २ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९७ हजार ६७५ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ६४ हजार ९२८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ६ हजार १०३ जनामध्ये २ हजार ९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
संक्रमितको संख्या घटेपछि इटालीमा मे ४ पछि लकडाउन हटाउने घोषणा गरिएको छ । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण स्पेनमा देखिएको छ ।
स्पेनमा कुल संक्रमित २ लाख २६ हजार ६२९ पुगेको छ । यो अमेरिकामा संक्रमित हुनेको तुलानामा करिव ७ लाखले कम हो । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २८८ जनाको मृत्यु भएको छ भने २ हजार ८७० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ मृतक र संक्रमित दुबै कम भएको छ । यसअघि शनिबार संख्या ३७८ जनाको मृत्यु भएको थियो भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका थिए ।
सोमबार विहान यो समाचार तयार पार्दासम्म १ लाख १७ हजार ७२७ जना उपचारपछि निको भएका छन् । ८५ हजार ७१२ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
फ्रान्समा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा २४२ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको संख्या २२ हजार ८५६ पुगेको छ । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ७३२ पुगेको छ ।
कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २१ हजार ८८५ जना, उत्तर अमेरिकी मुलुकहरुमा ५९ हजार ९५५ जनाको मृत्यु भएको छ ।
यस्तै एसियाली मुलुकहरुमा १७ हजार २४३८, अफ्रिकी मुलुकहरुमा १ हजार ४२७ र अष्ट्रेलियासहित ओसिनिया मुलुकहरुमा १०१ जनाको मृत्यु भएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












