स्वास्थ्य सामग्री ल्याउन सोमबार वाइडबडी चीन पठाउने सेनाको तयारी
काठमाडाैँ । नेपाली सेनाले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री मंगलबारसम्म नेपाल आउने भएको छ।
चीनबाट स्वास्थ्य सामाग्री ल्याउने एजेन्ट तयार भइसकेकाले कुनै प्राविधिक समस्या नआए सोमबार सामान लिन वाइडबडी जहाज पठाउने सेनाको तयारी छ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन फ्ल्यास फ्रेट लजिस्टिक छनौट भएको सूचना चीन पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
‘शुक्रबार मे-१ चीनमा सार्वजनिक विदा, शनिबार नेपालमा विदा अनि आइतवार चीनमा विदा हुने भएकाले सोमबार मात्रै हाम्रो काम सुरू हुन्छ,’ सैनिक प्रवक्ता पाण्डेले भने,’भन्सार प्रक्रियाका लागि कहिलेकाहीँ ७२ घण्टासम्म समय लाग्न सक्छ। हामीले त्यसका लागि समय छोट्याउन आग्रह गरेका छौं।’
भन्सार प्रक्रियामा समय लाग्यो भने स्वास्थ्य सामग्री ल्याउन अझै १ साता लाग्न सक्छ।
वैशाख २२ गते पहिलो फ्लाइट पठाउने आफूहरूको तयारी रहेको समेत प्रवक्ता पाण्डेले बताए।
‘हामीले स्वास्थ्य सामाग्री ल्याउनका लागि २२ गते २ वटा फ्लाइट पठाउने योजना बनाएका छौ,’ उनले भने,’हामी तयार भएपछि चिनियाँ सप्लायर्सले ग्वान्जाओमा स्वास्थ्य सामाग्री पठाइदिन्छ। उसले छिटो सामान ल्याउन चार पटक फोन गरिसकेको छ। यहाँको प्रक्रिया मिलाउन परेकाले समय लागेको हो।’
ग्वान्जाओमा ल्याइसकेपछि अतिरिक्त शुल्क तिर्न पर्ने भएकाले सेनाले अहिले त्यहाँसम्म ल्याउन भनेको छैन।
चीनबाट ल्याइने सामाग्री भने तयारी अवस्थामा रहेका छन्। पहिलो चरणमा ३६ देखि ४० टनसम्म सामग्री ल्याउने र बाँकी सामग्री आवश्यकताका आधारमा स्थल र हवाइ मार्गबाट ल्याउने सेनाको तयारी छ। सेनाले पहिलो चरणमा पिपिई, एन-९५ मास्क र पिसिआरका लागि किट्सलगायतका सामग्री ल्याउन लागेको छ।
सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्रीका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरिसकेको छ। स्वास्थ्य सामग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ।
चैत १६ गतेको मन्त्रिपरिषदको बेठकले जिटुजि प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












