सीमाबारे पहिला भारतसँग, त्यसपछि चीनसँग कुरा हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ । लिपुलेकमा भारतले सडक निर्माण गरेकोबारे तत्काल चीनसँग छलफल गर्न नहुने परराष्ट्रमन्त्रीले बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनसँग छलफल गर्नुपर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका हुन् ।
नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनलाई समस्या समाधानमा लाग्नुपर्ने उनको भनाइ थियो । चीनसँग दुई विषयमा छलफल आवश्यक भएको उनको भनाइ थियो । ‘नेपाल, भारत र चीनको बीचमा त्रिदेशीय विन्दु टुंगो भएको थिएन । शून्य नम्बर पिल्लर टुंग्याउन बाँकी छ । त्यसैले चीनसँग छलफल गर्नुपर्ने हुन्छ । आजको समस्या भारतसँग नै समस्या हो । त्यसपछि त्रिदेशीय बिन्दु कहाँ हो भन्नेबारे छलफल गर्ने हो,’ उनले भने ।
चीनसँग दोस्रो छलफलको विषय भने भारत र चीनबीच सन् २०१५ मा भएको सम्झौताबारे रहेको मन्त्री ज्ञवालीको भनाइ थियो । मन्त्री ज्ञवालीले भने, ‘पहिला भारतसँग कुरा गर्छौं र समस्या समाधान गर्छौं । त्यसपछि चीनसँग ।’
मन्त्री ज्ञवालीले भारतसँग छिट्टै वार्ता गर्ने पनि बताए । भारतले कोरोनाको संक्रमण सकिएपछि वार्तामा बस्ने भनेको अवस्थामा नेपालले त्यो समय कुर्न नसक्ने उनको भनाइ थियो । भारतीय विदेश मन्त्रालयले नेपाली भूमि नमिचेको भन्दै कोरोना संक्रमण सकिएपछि नेपालसँग छलफल गर्ने भनेको थियो ।
‘हामी त्यतिबेलासम्म कुर्न सक्दैनौं, सरकार छिटो वार्ता सुरु गरिनुपर्छ भन्नेमा छ,’ ज्ञवालीले भने । सांसदहरूले भिडियो कन्फरेन्समार्फत् भए पनि भारतसँग तत्काल वार्ता गर्न दिएको सुझावमा भने उनले प्रश्न उठाए । उनले भने, ‘मुलुकको सुरक्षाको कुरा छ । डाटा सुरक्षाको कुरा उठ्छ ।’ नेपालले भारतलाई गत नोभेम्बर यता वार्ताका लागि ताकेता गरिरहेको ज्ञवालीले बताए । भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि वार्ताका लागि ताकेता भइरहेको उनले भने । ‘यो विषयमा भोलि फुर्सदमा छलफल गरौंला भन्ने पक्षमा सरकार छैन । नोभेम्बरयता ताकेता गरिरहेका छौं । हामी त्यै बाटोमा अगाडि बढिरहेका छौं,’ मन्त्री ज्ञवालीले भने ।
सरकार सीमाको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा नरहेको पनि ज्ञवालीको भनाइ थियो । ठूला मुलुकहरूका अन्तर्राष्ट्रिय सम्बन्ध र शक्ति फरक हुने भएकाले दुई पक्षीय वार्ताद्वारा नै समस्या समाधान गर्नुपर्ने उनले बताए । ‘दुई पक्षीय वार्ताको माध्यमबाट नै समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार छ । अन्तर्राष्ट्रियकरण गर्ने बेला आयो भने त्यै बेला कुरा गरौंला,’ उनले भने ।
सन् २०१५ मा लिपुलेक भएर व्यापार गर्ने चीन र भारतको सम्झौताबारे चीनले आधिकारीक रूपमा प्रतिक्रिया दिएको नभेटिएको मन्त्री ज्ञवालीले बताए । यसअघि चीनले उक्त सम्झौताको २८ नम्बर बुँदामा नेपालले असन्तुष्टि जनाएपछि पछि हटेको भन्ने अभिव्यक्ति सरकारको नेतृत्वले दिँदै आएको थियो । कांग्रेस सांसद नारायण खड्काले उक्त सम्झौतामा चीनले नेपालको ‘कन्सर्न’बारे प्रतिक्रिया दिएको छ कि छैन भनेर प्रश्न गरेका थिए । जवाफमा मन्त्री ज्ञवालीले भने, ‘चीनको रेस्पोन्स रेकर्डमा भेटिएको छैन । अनौपचारिक कुराकानीमा चिनियाँहरूको रियलाइजेसन भेटिन्छ तर फर्मल डकुमेन्ट छैन ।’
सीमा समस्याबारे नेपालमा सबै एकताबद्ध भएको र त्यसले सरकारलाई बल मिलेको मन्त्री ज्ञवालीको भनाइ थियो ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











