सशस्त्र प्रहरी लिएर बुधबार सेनाको हेलिकप्टर दार्चुलाको छाङरु जाँदै
काठमाडौँ । नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरी लिएर छाङरु जाने भएको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बुधबार छाङरुमा हेलिकप्टर पठाउनका लागि गृह मन्त्रालयबाट पत्र आएको बताए ।
छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको कमान्डमा ३५ जनाको टोली पठाउने तयारी छ । यसका लागि मेडिकल उपकरण,हातहतियार व्यवस्थापन, मौसमी प्रतिकूलता विरुद्ध जुध्ने अन्य उपकरण लगायत बन्दबस्तीका अन्य सामग्रीहरु व्यवस्थापन गर्न सशस्त्र प्रहरीले कार्ययोजना बनाउन थालेको छ ।
छाङरु समुद्री सतहबाट ३ हजार ६ सय मिटर उचाइमा पर्छ । कालापानी ४ हजार २ सय मिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक,लिम्पियाधुरा करिब ५ हजार मिटरको उचाइमा पर्छ ।
यतिबेला सशस्त्र प्रहरी मुख्यालयले छाङरु जाने जनशक्तिको छनोट गरिरहेको छ ।
यस्तै,सशस्त्रले छाङ्रुमा मा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) खटाउन चाहिने मेडिकल उपकरणको विवरण तयार पार्न सशस्त्र प्रहरी अस्पताललाई जिम्मा दिइसकेको छ ।
भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको बिन्दुमा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न बल्ल जग्गाको व्यवस्था भएको छ । सीमा सुरक्षार्थ दार्चुलाको व्यास गाँउपालिका–१, छाङरुमा सशस्त्र प्रहरी बल (एपीएफ) को टोली राख्न सरकारले केही समयअघि २५ रोपनी जग्गा उपलब्ध गराएको थियो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












