कालापानीमा सशस्त्रको फौज राख्न काठमाडौैंबाट उड्यो सेनाको हेलिकोप्टर
काठमाडौं । सरकारले कालापानी नजिकै दार्चुलाको छाङरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज (बिओपी) राख्ने भएकाे छ।
पोष्ट स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ। गृहमन्त्रीको निर्देशनमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार पा.डा. इन्द्रजीत राई र सशस्त्रका एआइजी ईश्वरबाबु थापा काठमाडौंबाट दार्चुला गएका छन्।
राई र थापाकाे टोली दार्चुला पुगेर त्यहाँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीकाे टाेली लिएर छाङरु जाने छ। नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक बनाएपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली खटाउने भएको हो। भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि सीमा रक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली खटाउन लागेको हो।
छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा रहेको छ। पहिलो चरणमा सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटिने जनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टकाअनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली पठाउने तयारी गरिएको छ। छाङ्रु जाने टोलीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्री तयार गरिएको छ। स्थानीय एक व्यक्तिको घर भाडामा लिएर विओपी बस्ने तयारी गरिएको छ। छाङरुमा १ सय ५ घरधुरी रहेका छन्।
Comments
अरु समाचार
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।...
-
रेडक्रसको एम्बुलेन्समा गाँजा तस्करी
काठमाडौं । सर्लाहीको हरिवनमा एम्बुलेन्सबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा नेपाल रेडक्रस...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...












