नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानमा पनि कोरोना संक्रमण
काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेकपाका स्थायी कमिटी सद नेता भीम रावलको घरमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका एक जवानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-१ दुवाकोटमा बस्दै आएका २७ वर्षीय ती सशस्त्र प्रहरीका जवानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत उनलाई कोरोना पुष्टि भएपछि मंगलबा राति नै शुक्रराज ट्रपिकल तथा सरुवा रोगटेकु अस्पतालमा भर्ना गरिएको छ। स्रोतका अनुसार रावलको घरमा सुरक्षार्थ तैनाथ उनी वैशाख २ गते त्यहाँबाट निस्किएका थिए। श्रीमती बिरामी भएपछि उपचारका लागि गएका उनलाई यसबीचमा कोरोना भएको हो। उनी काठमाडौंबाट तराई गएर फर्किएको बताइएको छ।
जिल्ला प्रशासनले दिएको पासबाट काठमाडौं छिरेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसपछि उनी दुवाकोटस्थित आफ्नै डेरामा बस्दै आएका थिए। उनको परिवारका अन्यको पनि अहिले कोरोना परीक्षणका लागि स्वाब लिइएको छ। ‘उनी वैशाख २ गते यहाँबाट निस्किएर गएका थिए। योबीचमा उनी केही अस्पतालमा पनि पुगेका थिए’, रावलका एकजना सहयोगीले भने, ‘उनी ड्युटीमा फर्किने भएपछि कोरोना परीक्षण गरिएको थियो। कोरोना पुष्टि भएपछि अहिले अस्पतालमा भर्ना गरिएको छ।’
उता नेता रावलको भने यसअघि संसद भवनमै कोरोना परीक्षण गरिएको थियो। जहाँ उनीसहित सबै सांसद र संसद सचिवालयका कर्मचारीको कोरोना नेगेटिभ आइसकेको छ। भक्तपुरमै रामधुनी नगरपालिका, झुम्का निवासी २५ वर्षीया महिलालाई पनि कोरोना पुष्टि भएको छ। उनको कोठा भक्तपुरस्थित सल्लाघारीमा थियो। तर उनी ठिमीस्थित प्रजिना रेग्मीको कोठामा बस्दै आएकी थिइन्। उनलाई राति नै टेकु अस्पतालमा भर्ना गरिएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












