नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानमा पनि कोरोना संक्रमण
काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेकपाका स्थायी कमिटी सद नेता भीम रावलको घरमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका एक जवानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-१ दुवाकोटमा बस्दै आएका २७ वर्षीय ती सशस्त्र प्रहरीका जवानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत उनलाई कोरोना पुष्टि भएपछि मंगलबा राति नै शुक्रराज ट्रपिकल तथा सरुवा रोगटेकु अस्पतालमा भर्ना गरिएको छ। स्रोतका अनुसार रावलको घरमा सुरक्षार्थ तैनाथ उनी वैशाख २ गते त्यहाँबाट निस्किएका थिए। श्रीमती बिरामी भएपछि उपचारका लागि गएका उनलाई यसबीचमा कोरोना भएको हो। उनी काठमाडौंबाट तराई गएर फर्किएको बताइएको छ।
जिल्ला प्रशासनले दिएको पासबाट काठमाडौं छिरेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसपछि उनी दुवाकोटस्थित आफ्नै डेरामा बस्दै आएका थिए। उनको परिवारका अन्यको पनि अहिले कोरोना परीक्षणका लागि स्वाब लिइएको छ। ‘उनी वैशाख २ गते यहाँबाट निस्किएर गएका थिए। योबीचमा उनी केही अस्पतालमा पनि पुगेका थिए’, रावलका एकजना सहयोगीले भने, ‘उनी ड्युटीमा फर्किने भएपछि कोरोना परीक्षण गरिएको थियो। कोरोना पुष्टि भएपछि अहिले अस्पतालमा भर्ना गरिएको छ।’
उता नेता रावलको भने यसअघि संसद भवनमै कोरोना परीक्षण गरिएको थियो। जहाँ उनीसहित सबै सांसद र संसद सचिवालयका कर्मचारीको कोरोना नेगेटिभ आइसकेको छ। भक्तपुरमै रामधुनी नगरपालिका, झुम्का निवासी २५ वर्षीया महिलालाई पनि कोरोना पुष्टि भएको छ। उनको कोठा भक्तपुरस्थित सल्लाघारीमा थियो। तर उनी ठिमीस्थित प्रजिना रेग्मीको कोठामा बस्दै आएकी थिइन्। उनलाई राति नै टेकु अस्पतालमा भर्ना गरिएको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












