काठमाडौंको लकडाउन झनै कडा गर्ने गृहको निर्णय
काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यकामा लकडाउन कडा गर्ने निर्णय गरेको छ ।
उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयर, उपत्यकाका डीआईजी, महानगरीय ट्राफिक महाशाखाका एसएसपी सहितको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा उपत्यकाभित्र लकडाउन कडा र काठमाडौं भित्रिने नाकामा समेत कडाइ गर्नुपर्ने माग मेयरहरुले राखेका थिए ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार काठमाडौं भित्रिनेको स्वास्थ्य परीक्षण, स्थानीय तहको समन्वयमा मात्रै राहत वितरण गर्नुपर्नेमा पनि एकमत भएको छ । यस्तै सरकारले यसअघि विभिन्न ४२ क्षेत्र खोल्ने निर्णयबारे समेत समीक्षा भएको थियो ।
गृहमन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले निर्णय केही समयपछि सार्वजनिक गरिने बताए । बैठकमा सहभागी एकजनाका अनुसार काठमाडौंमा लकडाउन खुकुलो पारे परिस्थिति नियन्त्रण बाहिर जानसक्ने चिन्ता सबैले व्यक्त गरेका थिए ।
गृहले यसअघि नै एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरिसकेको छ । आजबाट मात्रै काठमाडौंको लकडाउनमा कडाइ गरिएको छ । सञ्चारकर्मीलाई समेत सूचना विभागको पास अनिवार्य गरिएको छ । लकडाउनको पालना नगर्नेलाई प्रहरीले होल्ड समेत गर्न थालेको छ । उपत्यकामा ९ हजार नेपाल प्रहरी परिचालित छन् ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












