डब्लूएचओ चीनको ‘कठपुतली’ बनेको राष्ट्रपति ट्रम्पको आरोप
डब्लूएचओसँगको सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले डब्लूएचओले सुरुमै कोरोना संक्रमण रोक्न पूर्ण रुपमा असफल रहेको आरोप लगाउँदै डब्लूएचओसँगको सम्बन्ध तोड्ने घोषणा गरेका हुन् ।
अमेरिकाले यसअघि नै डब्लूएचओलाई दिँदै आएको सहयोग रोकिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लएचओ चीनको ‘कठपुतली’ बनेको आरोप लगाएका छन् ।
शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई व्यापक सुधारका लागि अनुरोध गरेका थियौँ । तर उसले सुधार गर्न सकेन । आज हामी डब्लूएचओसँगको सम्बन्ध तोड्ने घोषणा गरेका छौं । अमेरिकाले डब्लूएचओलाई दिँदै आएको सहयोग वैश्विक जनस्वास्थ्यको क्षेत्रमा दिइनेछ ।’ ट्रम्पले अगाडि भने, ‘डब्लूएचओ पूर्ण रुपमा चीनको नियन्त्रणमा रहेको छ । जबकि उसले अमेरिकाको तुलनामा अत्यन्तै थोरै सहयोग गर्दै आएको छ ।’ ट्रम्पले फेरि डब्लूएचओलाई वार्षिक रुपमा करिब ४ सय ५० मिलियन अमेरिकी डलर सहयोग गर्दै आएको र चीनले ‘मामुली ४० मिलियन’ सहयोग गर्ने गरेको कुरा दोहोऱ्याए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना डब्लूएचओलाई सुधारका लागि भन्दै ३० दिने अल्टिमेटम दिएका थिए । ट्रम्पले महानिर्देशक डाक्टर ट्रेडोस एडहानोम गेहब्रेयससलाई पत्र लेख्दै एक महिनाभित्र डब्लूएचओले आफ्नो कार्यशैलीमा ठोस सुधार नगरे सधैंका लागि सहयोग रोक्ने चेतावनी दिएका थिए । डब्लूएचको गल्तीका कारण पूरा विश्वले मूल्य चुकाउनु परेको पनि उनले आरोप लगाएका थिए । उनले डब्लूएचओले आफूलाई चीनको नियन्त्रणबाट मुक्त गरेमात्रै अमेरिकासँगको सम्बन्ध सुधार हुने बताएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणका बारेमा चीनले सूचना लुकाएको आरोप लगाउँदै आएका छन् । चीनले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । अमेरिका–चीनबीचको सम्बन्धमा आएको तिक्तताले विश्व स्वास्थ्य संगठनलाई थप कमजोर बनाउनुका साथै त्यसको असर वैश्विक स्वास्थ्यमा नै पर्ने देखिएको विश्लेषकहरु बताउँछन् ।
डब्लूएचओसँगको सम्बन्ध तोड्दा त्यसको असर अमेरिकालाई नै पर्ने चिकित्सकहरु बताउँछन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका पूर्वप्रमुख डाक्टर टम फ्राइडेन भन्छन्, ‘डब्लूएचओ अमेरिकाकै पहलमा स्थापना भएको हो । आज हामी त्यही संस्थाप्रति पिठ्युँ फर्काइरहेका छौं । हामी पूरा विश्वप्रति पिठ्युँ फर्काएका छौं । त्यसले हामीलाई पनि र पूरा विश्वलाई नै कम सुरक्षित बनाउनेछ ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले एकल रुपमा गरेको डब्लूएचओसँग अलग हुने घोषणा कार्यान्वयन गर्न चुनौती रहेको बताइएको छ । जर्जटाउन विश्वविद्यालयकाको ‘ओ’निल इन्स्टिच्युट फर नेसनल एन्ड ग्लोबल हेल्थ ल’ का निर्देशक प्राध्यापक ल्यारी गोस्टिन राष्ट्रपति ट्रम्पले संवैधानिक अधिकारको दुरुपयोग गरिरहेको आरोप लगाए । अमेरिकी राष्ट्रपति ट्रम्पले संसद्को स्वीकृतिबिना राष्ट्रसंघीय एजेन्सीसँगको सम्बन्ध तोड्न नसक्ने उनी बताउँछन् ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...











