अमेरिकामा हिंसात्मक प्रदर्शन नरोकिएपछि ट्रम्पले भनेः अब सेना परिचालन गर्छु
काठमाडाैँ । प्रहरीको नियन्त्रणमै रहेका बेला मारिएका अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडलाई न्याय माग गर्दै अमेरिकामा जारी विरोध प्रदर्शन क्रममा व्यापक मात्रामा हिंसात्मक घटना हुन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई रोक्न अब सेना परिचालन गर्ने बताएका छन्।
हाल जारी प्रदर्शन र त्यस क्रममा भइरहेका झडप, लुटपाट, तोडफोड, आक्रमण तथा विनास रोक्न केन्द्रीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने बताउँदै ट्रम्पले सेनासमेत परिचालन गरिने बताएका हुन्।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पछिल्ला दिनमा देशमा अराजकतावादी, हिंस्रक भिड, लुटपाट, आगजनी र अपराधसमेत बढ्दै गएको र त्यसलाई राज्य तथा स्थानीय सरकारले नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै केन्द्रीय तहबाटै कदम चाल्न लागिएको जानकारी दिएका हुन्।
उनले भनेका छन्, ‘हामी देशभर व्याप्त कानुनविहीनताको अवस्था अन्त्य गर्छाैं।’ आक्रोशित भिडले गर्ने दंगाबाट फ्लोइडलाई न्याय नहुने ट्रम्पको भनाइ छ।
गत मे २५ मा अश्वेत अमेरिकी नागरिक फ्लोइडको मिनेसोटा राज्यको मिनियापोलस प्रहरी हिरासतमै निधन भएको थियो। उनलाई पक्राउ गर्ने क्रममा श्वेत प्रहरी अधिकारीले घुँडाले घाँटीमा लामो समय थिचेको भिडियो सार्वजनिक भएपछि अमेरिकामा आन्दोलन चर्किएको हो।’
पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकी नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, ‘म तपाईंहरूको राष्ट्रपति हुँ, कानुनी राज्य स्थापना गर्नु मेरो जिम्मेवारी हो। म शान्तिपूर्ण प्रदर्शनको पक्षधर पनि हुँ।’
वासिङटन डिसीसहितका क्षेत्रमा प्रदर्शन भइरहेका छन्। कर्फ्यु लगाए पनि प्रदर्शनकारीले उल्लंघन गरिरहेका छन्
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












