लकडाउन तत्कालै नखोल्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै लकडाउन नखोल्न निर्देशन दिएका छन्।
बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा उनले यस्तो बताएका हुन्। बैठकमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएकाले अहिले तत्कालै लकडाउने खोल्ने दिशातर्फ कुनै पनि कदम नचाल्न प्रधानममन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले बैठकमा लकडाउन र कोरोनाको जोखिमबारेमा फेरि एक दुई दिनमै छलफल गरेर समीक्षा गर्नुपर्ने बताउँदै अहिलेलाई लकडाउन यथावत राख्न भनेका हुन्। त्यही अनुसार उच्चस्तरीय समितिले दुई दिनभित्रमा लकडाउन खुकुलो बनाउने कार्ययोजना तयार गर्ने भएको छ।
एकजना मन्त्रीका अनुसार लकडाउन, कोरोना संकट, रोकथामका लागि भएका पहल र यसले पारेका विभिन्न प्रभावका पाटाहरुबारेमा बैठकमा विस्तृत छलफल भएको थियो। प्रधानमन्त्रीले बुधबार मात्रै देशका विभिन्न क्षेत्रका २५ जना विज्ञहरुसँग यसबारेमा छलफल गरेका थिए। बैठकमा मन्त्रीहरुले लकडाउन खुकुलो पार्नुपर्ने बताएका थिए।
जनदबाब बढ्दै गएको र संकट पनि चुलिएको बताउँदै उनीहरुले लकडाउन खोल्नुपर्ने मत राखेपछि प्रधानमन्त्रीले एकदुई दिनमा यसबारेमा निर्णय गर्न सकिने बताएका हुन्। बुधबार विज्ञहरुसँग भएको छलफल अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न क्षेत्रबाट लिइएको रायलाई पनि समेटेर लकडाउनको कार्यान्वयनबारे निर्णय गरिने भएको छ। कोरोना फैलिएका र नफैलिएका ठाउँहरुको पहिचान र मूल्यांकन गरेर लकडाउनलाई कडा र खुकुलो बनाउने जिम्मेवारी मन्त्रिपरिषद्ले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












