लकडाउन तत्कालै नखोल्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै लकडाउन नखोल्न निर्देशन दिएका छन्।
बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा उनले यस्तो बताएका हुन्। बैठकमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएकाले अहिले तत्कालै लकडाउने खोल्ने दिशातर्फ कुनै पनि कदम नचाल्न प्रधानममन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले बैठकमा लकडाउन र कोरोनाको जोखिमबारेमा फेरि एक दुई दिनमै छलफल गरेर समीक्षा गर्नुपर्ने बताउँदै अहिलेलाई लकडाउन यथावत राख्न भनेका हुन्। त्यही अनुसार उच्चस्तरीय समितिले दुई दिनभित्रमा लकडाउन खुकुलो बनाउने कार्ययोजना तयार गर्ने भएको छ।
एकजना मन्त्रीका अनुसार लकडाउन, कोरोना संकट, रोकथामका लागि भएका पहल र यसले पारेका विभिन्न प्रभावका पाटाहरुबारेमा बैठकमा विस्तृत छलफल भएको थियो। प्रधानमन्त्रीले बुधबार मात्रै देशका विभिन्न क्षेत्रका २५ जना विज्ञहरुसँग यसबारेमा छलफल गरेका थिए। बैठकमा मन्त्रीहरुले लकडाउन खुकुलो पार्नुपर्ने बताएका थिए।
जनदबाब बढ्दै गएको र संकट पनि चुलिएको बताउँदै उनीहरुले लकडाउन खोल्नुपर्ने मत राखेपछि प्रधानमन्त्रीले एकदुई दिनमा यसबारेमा निर्णय गर्न सकिने बताएका हुन्। बुधबार विज्ञहरुसँग भएको छलफल अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न क्षेत्रबाट लिइएको रायलाई पनि समेटेर लकडाउनको कार्यान्वयनबारे निर्णय गरिने भएको छ। कोरोना फैलिएका र नफैलिएका ठाउँहरुको पहिचान र मूल्यांकन गरेर लकडाउनलाई कडा र खुकुलो बनाउने जिम्मेवारी मन्त्रिपरिषद्ले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












