डोल्पामा कोरोनाबाट एक जनाको मृत्यु , मृतकको संख्या १२ पुग्यो
डोल्पा । डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो। यहि जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए। पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो।
होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनलाई उद्धृत गर्दै जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।
सुरक्षाका उपाय अपनाई उनको दाह्संस्कार गरेको भएपनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको जैसीले बताए । गाँउपालिकाका सबै नाका सिल गरिएको र गाँउ सिल गरिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए।
‘प्रदेश सरकारसँग सहकार्य भइरहेको छ सबै क्षेत्रबाट परीक्षणको लागि अपिल गरेका छौँ’ उनले भने–‘यदि समयमा परीक्षण नगरिए गाँउपालिकामा ठूलो क्षति हुन सक्छ।’ जिल्लाबाट स्वास्थ्यकर्मीको टोली जाने र मृतकको सम्पर्कमा आएका सबैको विवरण आएपछि प्रतिष्ठानबाट पनि स्वास्थ्यकर्मी आउने भन्दै प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले नआत्तिन आग्रह गरे।
उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए। उनीहरु हाल क्वारेन्टाइनमा छन्। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये ११ जनाको मृत्युपछि मात्रै संक्रमण रहेको पुष्टि भएको छ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












