विदेशमा रहेका नेपाली ल्याउने समय तालिका सार्वजनिक, कहाँबाट कहिले, भाडा कति?
काठमाडाैँ । विदेशमा रहेका नेपाली ल्याउन जहाज र भाडासहित समय तालिका तय गरिएको छ।
कोरोना महामारीका कारण विभिन्न देशबाट फर्किने नेपालीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जहाज र भाडा तोकेको हो।
मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्ससँगै अब विदेशी जहाजले पनि उडान गर्न पाउने भएका छन्। नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्ने तालिका सार्वजनिक गरिएको उनले जानकारी दिए।
‘नेपाल वायुसेवा निगमले २४, हिमालयले १९ उडान गर्ने समय तालिका तय भएको छ,’ लामिछानेले भने, ‘तत्काललका लागि २४ वटासम्म विदेशी उडान गर्न दिने निणर्य भएको छ।’
उनका अनुसार स्वदेश फर्किन नाम लेखाएकालाई पहिलो चरणमा ल्याइने छ। नेपाल फर्किने नेपालीले स्वास्थ्य परीक्षण गराई आफूलाई कारोना नभएको प्रमाण पेस गर्नुपर्नेछ। अन्यथा नेपाल आउन दिइने छैन।
उडान: कहिले कहाँ ?
लामिछानेका अनुसार पहिलो उडान बंगलादेशका लागि यही जेठ ३२ हुने छ। नेपाल वायुसेवा निगमको जहाजले पहिलो उडान भर्नेछ। त्यस्तै असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गर्ने छ। असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडान र असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान गरेर नेपाली ल्याइनेछ।
यसैगरी, असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक उडान र असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान हुनेछ। असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ। असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछन्।
असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर त्यहाँबाट नेपाली ल्याइनेछ। असार ९ गते जापान, माल्दिभ्स, यूएई र युगान्डाबाट दुई–दुई उडान हुनेछन्। असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ। त्यसैगरी असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछन्।
भाडा: कुन देशका लागि कति?
चार्टड उडानका लागि दूरीअनुसार डलरमा भाडा निर्धारण गरिएको छ। विदेशी एयरलान्सले पनि उक्त भाडादर अनुसारै नेपालीको उद्धार गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा कम भाडा बंगलादेशका लागि १ सय ६५ डलर तोकिएको छ भने सबैभन्दा बढी लन्डनका लागि १ हजार ३ सय ४० डलर तय गरिएको छ। त्यस्तै साउदी अरब ५९०, रियाद ६३०, जेद्हा ७७०, जोर्डन ८१५, साइप्रस ८७५, नारिता ९३५, सुडान ९४०, फ्रयाङकफर्ट १२५५, लन्डन १३४०, बांगलादेश १६५, नयाँ दिल्ली २०५, मुम्बइ ३१०, बैंगलोर ३३५, बैंकक ३९०, कम्बोडिया ४००, दुबई ५००, आवुदाबी ५००, ओमन ५१०, क्वाललम्पुर ५२०,दोहा ५४५, हङकङ ५५० डलर तोकिएको छ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












