सर्लाहीमा सशस्त्र प्रहरी र भारतीयबीच झडप, गोली लागेर एकको मृत्यु, पाँच घाइते
काठमाडाैँ । सर्लाहीको पर्सा ३ मा जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको छ।
गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको स्रोतले जनाएको छ। घटनामा पाँच जना भारतीय घाइते भएका छन्।
शुक्रबार बिहान करिब नौ बजे नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोज्दा उनीहरुबाट आक्रमण भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरी स्रोतको दाबी छ। त्यस क्रममा पाँच जना भारतीयलाई गोली लागेको छ।
गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले यसको पुष्टि गर्न बाँकी छ। मृतकको नाम, ठेगाना खुलेको छैन।
पर्सा गाउँपालिकास्थित नारायणपुर नाकाबाट भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बाहादुर जिसीले पुष्टि गरे। सिडिओ जिसीका अनुसार सुरुमा ४०/४५ जना भारतीय जवरजस्ती नेपाल प्रवेश गर्न खाजेपछि सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेका थिए।
‘नेपाल प्रवेश गर्न खोज्दा सुरुमा सुरक्षाकर्मीले उनीहरुलाई रोके, त्यसपछि उनीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थाले। सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेका थिए,’ सिडिओ जिसीले नेपालखबरसँग भने, ‘फेरि ६०/६५ जनाको हुलामा आएर प्रहरीमाथि ढुंगामुढासाथै हतियार खोस्ने प्रयार गरे। त्यसक्रममा प्रहरीले फेरी हवाई फायर गरेर उनीहरुलाई भगाए।’
त्यस क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर हतियार पनि खोसेका थिए। हतियार खोस्ने व्यक्तिलाई पक्राउ गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
सशस्त्रले गोली चलाएपछि उनीहरु भारततिरै भागेका छन्। त्यसक्रममा सशस्त्रले एक दर्जन हवाई फायर गरेको छ। उनीहरु नेपाल प्रवेश गर्न खोज्नुको उद्देश्य खुलेको छैन।
तर, सुरक्षा निकायले भने उनी नेपाल भारतमा अवैध रुपमा सामान ओसारपसार गर्ने तस्कर समूह भएको दाबी गरेको छ
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












