गृह मन्त्रालयको निष्कर्षः रुकुम हत्याकाण्ड वडाध्यक्षको योजनामा (प्रेस विज्ञप्तिसहित)
काठमाडाैँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या त्यहाँका वडाध्यक्ष डम्बरबहादुर मल्लको योजनामा भएको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ।
घटना अनुसन्धानका लागि गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले गत जेठ १० गते भएकाे नरसंहार वडाध्यक्ष मल्लकै योजनामा भएको निचोड निकालेको हो।
गृह सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको समितिले तयार पारेकाे प्रतिवेदनमा वडाध्यक्ष मल्लले ४ गाउँका मानिस भेला पारेर नवराज विकसहितको युवा समूहलाई ४ किलोमिटरसम्म लखेटेर मारेको उल्लेख छ।
‘रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ का वडा अध्यक्षसमेत भएको व्यक्तिले लकडाउनको समयमा जाजरकोटबाट केटाहरू गाउँमा छिरे तिनीहरुलाई नियन्त्रणमा लिनुपर्छ भनेर टोप बहादुर मल्ल, मान बहादुर मल्ल, नेत्र बहादुर मल्लसहितका गाउँलेलाई फोन गरेर बोलाइ नियन्त्रणमा लिन उत्प्रेरित गरेको देखियो,’ गृहको प्रतिवेदनमा भनिएको छ- ‘गोईरी औलकालाई समेत गलत सूचना दिएर बाटो छेक्न लगाएको, गाउँ छिरेकालाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई अर्कोतिर पठाएको भेटियो। गाउँका मानिसलाई भेला गरी झण्डै ४ किमी टाढा गइसकेका पीडितहरूलाई पिछा गर्दै लखेट्दै ढुंगामुढा प्रहार गरी नवराज विकसमेत ६ जनाको ज्यानै लिनेसम्मको परिस्थिति सिर्जना गरी आफूसमेत उक्त कार्यमा संलग्न भएको देखिएको छ।’
वडाअध्यक्ष मल्ललाई कर्तव्य ज्यानसँगै जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ को उपदफा २९१० बमोजिम थप सजाय हुने प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार उनीसहित ३४ जनालाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रियामा लगिएको छ। त्यस्तै हाललाई बालबालिका ऐन, २०७५ को दफा ३६ को उपदफा ९४० बमोजिम सजाय हुनका साथै हाल फरार रहेका प्रतिबादीहरू तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, भिम बहादुर बुढा, डिल्ली घर्ती र शौरभ पुनको हकमा अदालतबाट पक्राउ पुर्जीसहितको म्याद जारी भएको विज्ञप्तिमा उल्लेख छ।
‘मृतकको परिवार तथा घाइतेहरूलाई क्षतिपूर्ति भराई दिनहुन समेतको सम्मानित अदालतमा मागदाबी भई पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानुनी प्रक्रिया प्रारम्भ भइसकेको छ,’ गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












