वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जान खुला
काठमाडौं । सरकारले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जान खुला गरेको छ ।
कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले विभिन्न श्रम र अध्ययन गन्तव्य जान चाहने नागरिकहरूलाई कोभिड–१९ परीक्षण, जनस्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरेर आवतजावत खुला गरेको हो ।
“वैदेशिक रोजगारीमा रही बिदामा नेपाल आएका र नयाँ रोजगारीको लागि विदेश जाने श्रमिकहरूको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अध्ययनका लागि विदेश जानेको हकमा विद्यार्थीहरूको हकमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सिफारिसमा कोभिड–१९को रिपोर्ट चाहिने भएमा सोको जाँच गर्दा लाग्ने खर्च सम्बन्धित व्यक्तिले बेहोर्ने गरी प्रचलित जनस्वास्थ्य प्रोटोकल पालना गर्ने गरी आवतजावत अनुमति दिने निर्णय भएको छ,” बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै कूटनीतिक नियोगमा कार्यरत नेपाली र विदेशीको आवतजावत पनि खुला गर्ने निर्णय भएको छ । उनीहरूले पनि आफ्नै खर्चमा कोभिड–१९ को परीक्षण गरी आवतजावत अनुमति लिन सक्नेछन् ।
“विदेशस्थित नेपाली कूटनीतिक नियोगमा कार्यकाल समाप्त गरी स्वदेश फर्कने तथा नयाँ जिम्मेवारी सम्हाल्न जाने नियोग प्रमुखलगायत अन्य कर्मचारी र परिवारका निकट सदस्यहरू एवम् नेपालमा सञ्चालित आयोजनामा खटिएका विदेशी नागरिकलाई परराष्ट्र मन्त्रालयको सिफारिसमा कोभिड–१९ को रिपोटी चाहिने भएमा सो जाँच गर्दा लाग्ने खर्च सम्बन्धित व्यक्तिले नै बेहोर्ने गरी प्रचलित जनस्वास्थ्य प्रोटोकल पालना गर्ने गरी आवतजावत अनुमति दिने निर्णय भएको छ,” सीसीएमसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












