समुदायमा फैलियो कोरोना : उपचार क्रममा एकको मृत्यु
दैलेख । कोरोना पोजिटिभ देखिएको दैलेखका एकजनाको मृत्यु भएको छ ।
दुल्लु नगरपालिकाका-३ का ४५ वर्षीय पुरुष को कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत उनको सोमबार राती साढे ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
निर्देशक डा. खड्काका अनुसार उनी क्षयरोगबाट थलिएका थिए । अस्पतालमा भर्ना गरिसकेपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको निर्देशक डा. खड्काले जनाए । क्षयरोगका बिरामी समेत रहेका ती व्यक्तिलाई दैलेखको दुल्लुबाट जेठ २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो । ‘अस्पतालमा आउँदा नै ती व्यक्तिको अवस्था गम्भीर थियो, हामीले आइसीयूमा राखेर उपचार गरिरहेका थियौं, डा.खड्काले भने, ‘क्षयरोगी समेत भएकाले कोरोना संक्रमणले थप समस्या निम्त्यायो ।’
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखामा प्रमुख डा. लक्ष्मिनारायण तिवारीका अनुसार कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
यसैबिच कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय नाघेको छ । स्वास्थ्य सेवा महाशाखामा प्रमुख डा. लक्ष्मिनारायण तिवारीका अनुसार कोरोना संक्रमितको संख्या एक हजार तीन सय सात पुगेको छ ।मंगलबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेखका १९, सुर्खेतका ५ र कालिकोटका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












