स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीकाे गुनासाे: सरकारले राम्राे काम गर्दा पनि असहयाेग भयाे
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बुधबारका लागि सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा पाँच एजेण्डामा छलफल भएको थियो। एक नेताका अनुसार बैठकमा दुई अध्यक्षले बोलेका थिए।
प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्दा पनि सहयोग नपाएको भनी गुनासो गरेका थिए भने अध्यक्ष प्रचण्डले सरकारबाट जन्तामा निराशा बढेको बताएका थिए।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठक शुक्रबार बस्नेछ।
‘कोरोनाको कारण कर्मचारीको बैठक र प्रोत्साहन भत्ता काट्यौ, अब प्रदेश तथा संघीय सांसदको पनि भत्ता नलिनका लागि अन्य दलहरुसँग समेत छलफल गर्ने लगायत विविध विषयहरु एजेण्डामा आएका छन्,’ श्रेष्ठले भने।
उनका अनुसार रुकुम चौरजहारीको हत्याकाण्ड, नागरिकता ऐन संशोधन लगायतका विषयमा पनि छलफल गर्न बैठकमा माग गरिएको छ।
वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्यबाट सुरु हुने सो बैठकमा सरकारको कामका सम्बन्धमा बहस हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका थिए।
सरकारको कामका सम्बन्धमा कोविड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा र सरकारका अन्य कामबारे छलफल हुने जानकारी दिइएको थियो।
त्यसैगरी पार्टी एकताका बाँकी कामहरु, एमसीसीका सम्बन्धमा र विविध विषय छलफल हुने अन्य एजेन्डा हुन्।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












