फेक न्युज कुन कारखानामा उत्पादन हुन्छन् खोज्दैछाैँ : परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा फेक न्युज कुन कारखानामा उत्पादन भएका छन् भन्नेबारेमा खोजी भइरहेको बताएका छन् । केहीदिन अघि कृषि मन्त्रालय नापी शाखाको प्रतिवेदनमा आधारित रहेर सार्वजनिक सञ्चारमाध्यमले नेपालका विभिन्न भूभागहरु चीनले अतिक्रमण गरेको भन्ने समाचार बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै यसबारेमा कृषि मन्त्रालयले नै खण्डन गरिसकेको बताएका थिए । उनले नेपाल र चीनबीच सीमा सम्बन्धमा समस्या नभएको बताएका छन् ।
जुन प्रतिवेदनलाई आधार बनाएर समाचार बनाइएको थियो त्यो सम्बन्धित मन्त्रालयले नै खण्डन गरिसकेको उनको धारणा थियो । नेपाल र चीनको सीमा सम्बन्धि सन्धि समाचारमा भनिएजस्तो सीमा संकेत चिन्हहरु ३७ र ३८ खडा नै नगरिएको हुनाले सीमा सारियो वा भत्काइयो भन्ने खालका गलत समाचार प्रकाशित भएको उनको धारणा थियो ।
उनले दुई देशका बीचमा भ्रम छर्ने समाचार सार्वजनिक नगर्न परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको बताए ।
“प्रायोजित ढंगले फेक न्युज नेपालका कुन कारखानामा उत्पादन भए ? कुनै पनि देशको इस्युमा छलफल हुन सक्छन्,” उनले भने, “हाम्रा सम्बन्ध पूर्ववत नै छन् । समग्र सम्बन्धको आयामलाई प्रभावित पार्नुहुँदैन । गलत सूचनाहरुले दिग्भ्रमित भएको हो ।”
सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले सोकल्ड प्रतिवेदन कुन कारखानामा उत्पादन भए ? भन्नेबारेमा आफूहरुले खोजी गरिरहेको बताएका छन् ।
“शोकल्ड प्रतिवेदन कुन कारखानामा उत्पादन भ एभनेर हामीले हामी खोजीरहेका छौं,” उनले भने । उनले नेपाल र भारतबीच देखिएको समस्या समाधानका लागि सरकार लागिपरेको बताए ।
“हामी भारतसँग सम्पर्कमै छौं । नेपाल सरकार कूटनीतिक तरिकाले समाधान गर्न सकिन्छ भन्ने मान्यता र विश्वास राखेको छ,” उनले भने, “कहिलेकाहिँ समय लाग्छ । बिना कुनै आवेग र उत्तेजनामा समस्या समाधान गरिनुपर्छ । उत्तेजित बनाउने प्रयास कहीँ कतैबाट हुन सक्छन् । इतिहासले गाँठो नफुकाएकाले अहिले समस्या देखिएको हो । समस्या समाधान गरेर मात्रै विश्वासमा आधारित घनिष्ट सम्बन्ध कायम गर्न सकिन्छ ।”
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












