मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
काठमाडौं । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने भएको हो।
मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले करिब रु ३० करोड ८० लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
यस्तै बोराङ नौबिसे २२० केभी प्रसारण लाइन आयोजना र कुशाहा–विराटनगर १३२ केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक कारवाही गर्ने अधिकारी क्रमशः सहायक लेखा अधिकृत प्रल्हादकुमार कार्की र सहायक प्रशासकीय अधिकृत कृष्णकुमार खड्कालाई तोक्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।
सर्लाहीको रामनगर गाँउपालिका-४ बस्ने मृतक रामजलम रायको परिवारलाई राहतस्वरुप १० लाख उपलब्ध गराइने भएको छ।
त्यस्तै बैठकले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको आर्थिक वर्ष २०७६/७७ को लागि नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव एक, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव एक गरी दुई वटा अस्थायी दरबन्दी नवीकरण स्वीकृत गर्ने निर्णय गरेको छ।
मन्त्री डा खतिवडाका अनुसार भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश पहिलो संशोधन, २०७७ समेत स्वीकृत भएकोसमेत जानकारी दिए।
मन्त्रिपरिषद्का थप निर्णय :
-संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको आर्थिक वर्ष २०७६/७७ को लागि नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव (मिनिष्टर) (१) र राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव (मिनिष्टर काउन्सेलरर काउन्सेलर) १ गरी २ (दुई) वटा अस्थायी दरबन्दी नवीकरणर स्वीकृत गर्ने,
-भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश (पहिलो संशोधन), २०७७ स्वीकृत गर्ने,
-हाल स्थगित रहेको श्रम स्वीकृति दिने कार्य देहाय बमोजिम हुने गरी खुला गर्ने,
क) बिदामा नेपाल आएका तथा भिषा अवधि र करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिने,
ख) यस पूर्वको करार अवधि समाप्त भई पुनस् करार नवीकरण गरेका र भिषाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकल समेतको आधारमा पुनःश्रम स्वीकृति जारी गर्ने,
-विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमण सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/२/२८ गतेको निर्णयअनुसार संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशको क्रमसङ्ख्या २ को खण्ड (फ) पछि देहायको खण्ड (ब) थप गरी उक्त आदेशलाई मिति २०७७ साउन ६ गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१) मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी निरन्तरता दिने। सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने,
उपर्युक्त खण्ड (क) देखि (फ) सम्म जुनसुकै व्यहोरा लेखिएको भए तापनि कोभिड(१९ को संक्रमणको जोखिम विश्लेषणका आधारमा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र ले सिसिएमसी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी जिल्लाको सम्पूर्ण भू-भाग वा कुनै क्षेत्रमा बन्द गराउन वा सिल गर्न सक्नेछ।
-नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/२/१२ को निर्णयबमोजिम जारी भएको नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ मा उल्लेख भए बाहेक विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ रोगको संक्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्रराष्ट्रहरू लगायत अन्य मित्रराष्ट्रहरूले चालेका प्रयास र अनुभवसमेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई सो रोगको संक्रमणबाट सुरक्षित राख्न नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन २०७७ असार १६ गते मङ्गलबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई मिति २०७७ साउन ७ गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१ ) मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने। तर, मालसामानको ढुवानीलाई यथावत कायम राख्ने। सबै किसिमका आन्तरिक र बाह्य व्यावसायिक यात्रुबाहक हवाई उडानहरू उक्त अवधिसम्म स्थगन गर्ने। यो आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरूलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने,
-नेपाल आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकका विदेशी राहदानीबाहक सन्तान, नेपाली नागरिकको विदेशी राहदानीबाहक पति वा पत्नी र स्वदेशमा आफन्तको काजकिरिया गर्न आउनुपर्ने नेपाली मूलका विदेशी राहदानीबाहकलाई सम्बन्धित नेपाली नियोगको सिफारिसमा नेपाल आउन स्वीकृति दिने,
-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डिपार्चर/एराइभल लंजमा खटिई फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा वायु सेवा कम्पनीका चेकइन् ब्यागेज लोड अनलोड गर्ने व्यक्तिहरूले प्रयोग गर्ने मास्क, स्यानिटाइजर र ग्लोभ्स स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराउने,
-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरूलाई विभिन्न होल्डिङ्ग सेन्टरसम्म लैजान नेपाली सेनाका सवारी साधन प्रयोग गर्ने र सोको लागि आवश्यक इन्धन खर्च नेपाली सेनालाई उपलब्ध गराउने,
-हवाईमार्ग वा स्थलमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरहको सुविधा भएको व्यहोरासहित होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेमा स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिसको आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमकोहोम क्वारेन्टाइन सम्बन्धी मापदण्ड पालना गर्ने गरी डिसिसिएमसिले होम क्वारेन्टाइनमा बस्न अनुमति दिन सक्नेछ,
-विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि हो। हालसम्म यो आदेशको पालना गरी साथ दिनुभएकोमा नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ। साथै, मिति २०७७ साउन ७ गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१) मध्यरातसम्मका लागि जारी भएको उक्त आदेश र नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने कार्यको पूर्ण पालना गरी गराई सहयोग पुर्याउनु हुन नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












