आजदेखि तीन दिनसम्म देशभर वर्षा बढ्ने सम्भावना
काठमाडाैँ । दुई दिन केही कम भएको वर्षाको मात्रा आज (शुक्रबार) बाट फेरि बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि मनसुन सक्रिय भएका कारण कम्तीमा तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको हो।
माैसमविद्का अनुसार बुधबार र बिहीबार मनसुन सामान्य अवस्थामा रहेका कारण यी दुई दिन तुलनात्मक रूपमा वर्षा केही कम भइरहेकाे थियाे। तर आजबाट मनसुन पुनः ‘एक्टिभ’ भएका कारण वर्षाको मात्रा बढ्ने भएको हो।
‘हामी सामान्यतया ७२ घण्टा (तीन दिन) को मौसम अनुमान गर्छाैं,’ मौसमविद् मानन्धरले शुक्रबार बिहान भनिन्, ‘यस अवधिभर वर्षा अलि बढी हुने सम्भावना देखिएको छ।’
मैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनअुनसार आज, भोलि र पर्सिसम्मै देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा कही स्थानमा भारी (ठूलो) वर्षा हुने सम्भावना छ।
यस क्रममा आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।
यसैगरी राति पनि देशका धेरै स्थान वर्षा हुनेछ भने प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











