स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजान सांसद तामाङको माग
सिन्धुपाल्चोक। स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौं लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं. २ का सांसद शेरबहादुर तामाङले बताएका छन्।
मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फीरूपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरूआत गरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि, सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्।
मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा २१ असारमा पानी परीक्षण शुरू गरेपछि मन्त्रालयलगायत खानेपानी आयोजनाले सिन्धुवासीलाई बेवास्ता गरेको भन्दै यस क्षेत्रका नागरिकलगायत जनप्रतिनिधि, सरोकारवाला पक्षले मन्त्रालयको कामप्रति विरोध जनाएका हुन्। स्थानीयवासीको मागलाई सम्बोधन र वातावारणीय प्रभावको मूल्याङकन गरी सिन्धुपाल्चोकको विकास निर्माणकार्यमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा त्यसो नभएकामा खानेपानी मन्त्रालयले गरेको कामप्रति स्थानीयवासी आक्रोशित बनेका हुन्।
सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूलगायत प्रभावित क्षेत्रका जनप्रतिनिधि कसैलाई पनि यस विषयमा थाहा नदिनु दुःखद् भएको बताए। सिन्धुपाल्चोकमा यति ठूलो काम हुँदा यसै क्षेत्रका जनप्रतिनिधि, कुनै पनि खानेपानीसँग सम्बन्धित पदाधिकारीलाई सहभागी नगराई मन्त्रालयले जुन ढङ्गले पानी परीक्षण गर्याे, त्यो दुःखद् भएको भन्दै सिन्धुवासी पनि सहभागी भएर गर्व महसुस गर्ने बेलामा एकलौटी ढङ्गबाट काम अगाडि बढाइनुले राम्रो सङ्केत नदिएको उनको भनाइ छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












