मास्क लगाउन पहिला सम्झाई– बुझाइ गर्ने, अँटेरी गरे कारवाही
के तँपाई मास्क नलगाई घर बाहिर जादै हुनुहुन्छ ? होसियार
काठमाडौं । मास्क लगाउन अटेरी गर्नेलाई पक्राउ गरेर कानुनी कारवाही थाल्ने प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले बताएका छन् ।
कोरोना भाइरसको संक्रमणको जोखिम रोक्नका लागि मास्कको प्रयोग गर्नुपर्ने बताउँदै अटेरी गरे कारवाही गरिने बताएका हुन् ।
उनका अनुसार काठमाडौंमा हालसम्म कसैलाई पक्राउ गरेर कारवाही नगरिएपनि दैनिक ५ हजार बढीलाई सम्झाई– बुझाइ गरिएको बताए । उनले भने,“पहिले सम्झाउँछौं । मास्क लगाउन प्रेरित गर्छौं । तर अँटेरी गरे नियन्त्रणमा लिएर कारवाही गर्छौँ ।”
काठमाडौंबाहिर भने प्रहरीले मास्क नलगाउनेलाई पक्राउ गर्न थालेको छ ।
उनका अनुसार अटेरी गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने र प्रहरीमाथि नै दुर्व्यवहार गरे अभद्र व्यवहारमा पनि मुद्दा चलाइने बताए । गृह मन्त्रालयले मास्क नलगाइ घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएसँगै प्रहरी सक्रिय भएको हो ।
गृहले मास्कको प्रयोग गर्नुपर्ने नियम पालना नभएको भन्दै अनिवार्य प्रयोग गर्न, २ मिटरको दूरी कायम गर्नुपर्ने र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन निर्देशन दिएको थियो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












