भारतका लागि नेपाली राजदूत आचार्यको जवाफ : भन्नुपर्ने ठाउँमा भनिएकै छ
काठमाडौँ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बोल्नुपर्ने ठाउँमा आफू बोलिरहेको प्रतिक्रिया दिएका छन् ।
भारतीय मिडियाले नेपालबारे भ्रामक समाचार सम्प्रेषण गरिरेका बेला राजदूत आचार्य मौन रहँदा धेरैले सामाजिक सञ्जलमा उनको भूमिकामाथि प्रश्न उठाएका थिए । उनले भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गरिरहँदा जवाफको रुपमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
ट्वीटरमार्फत आचार्यले ‘बोल्नुपर्ने बोलिरहेको र भन्नुपर्ने ठाउँमा भनिरहेको’ भन्दै स्पष्टिकरण दिएका छन् । भारतीय मिडिया र केही नेताको अभिव्यक्तिबारे नेपाली राजदूतले केही एक्सन लिन नसकेको भन्दै आचार्य पछिल्ला दिनमा आलोचिन बन्दैआएका छन् ।
आचार्यले ट्वीटरमा लेखेका छन्, बोल्नपर्ने ठाउँमा बोल्ने हो, भन्नपर्ने कुरा भन्ने हो। त्यो भएको छ। बोलिएको छ, भनिएको छ।’ आचार्यले ट्वीटमा सन्दर्भ नजोडे पनि आफूमाथि उठेका प्रश्नको जवाफ दिएको रुपमा बुझिएको छ । सीमा विवाद लगायत विभिन्न राजनीतिक मुद्दामा नेपाल र भारतबीच सम्बन्ध चिसिरहँदा लामो समयपछि राजदूत आचार्यले आफ्नो बचाउ गर्दै प्रतिक्रिया दिएका हुन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












