सौराहामा बाढी पस्यो, होटलहरु डुबानमा
काठमाडाैँ । चितवनको पूर्वी भेगका अधिकाशं खोलामा बाढी आएको छ।
खगेरी खोलामा आएको बाढी पस्द नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेको नगर प्रमुख नारायण बनले जानकारी दिए।
खगेरीको बाढीले रत्ननगर नगरपालिका–८ मा रहेको होटल रेड रूफ, होटल न्यु न्युरो, होटल ग्रीन लज, होटल जंगल प्यालेस, दोभान रेष्टुरेन्ट, संहाती छेउकुना रेष्टुरेन्ट र रत्ननगर नगरपालिका–७ मा रहेको बीगबोस रेष्टुरेन्ट, बेम्बो कटेज रेष्टुरेन्ट र सौराहा सभाहल डुबानमा परेका छन् ।
बाढीले वडा नम्बर ८ मै रहेको सुकुम्बासी टोल र मनोहरा राष्ट्रिय प्रथामिक विद्यालय पनि डुबानमा परेको छ । रत्ननगर–७ मा रहेको रमाइलो डाँडामा अवस्थित झुलुङगे पुलमा पनि बाढीले क्षति पुगेको छ ।
आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैंठकमा नगर प्रमुख नारायण वनले सौराहा क्षेत्र डुवानको खतरामा रहेको बताएका थिए । उनले त्यसका लागि आवश्यक तयारी र समन्वयका लागि बैठकमा अनुरोध गरेका थिए । सौराहा क्षेत्रको डुबानको निरीक्षण गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जाने कार्यक्रम तय भएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












