मेलम्चीको निर्माणमा त्रुटीका कारण सुरुङ मार्ग फुट्यो, हराएका दुई कर्मचारी अझै फेला परेनन्
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका गलत तरिकाले बनाइँदा ढोका फुटेको आयोजनाका कर्मचारीले बताएका छन् ।
मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेका बेलामा हिजो दिउँसो एउटा ढोका फुट्दा पानीले बगाएर दुई जना कर्मचारी हराइरहेका छन् ।
आयोजनाको सुरुङको ढोका फुट्दा इन्जिनियर सतिश गोहित र चालक राधाकृष्ण थापा मगर बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी भए पनि पत्ता लाग्न सकेको छैन । घाइते भएका कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनियर शेखर खनालको उपचार भइरहेको छ ।
आयोजनाका एक इन्जिनियरका अनुसार सुरुङमा गलत तरिकाले ढोका बनाइँदा घटना भएको हो । ढोका भित्रबाट खोल्ने बनाउनुपर्नेमा बाहिरबाट खोल्न मिल्ने बनाइएको र सोही कारण घटना भएको उनले दाबी गरे । “बाहिरबाट ढोका खोल्ने बताउँदा पानीको बहावका कारण ढोकाको नटमा असर पार्छ, धेरै समयसम्म पानीको चापले हानेपछि ढोका फुट्छ भनेर पहिले पनि भनेका थियौं” उनले भने, “तर हाम्रो कुरै सुनिएन ।”
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












