पृथ्वी राजमार्ग अझै खुलेन् , मौवाखोला पुल मर्मत गरिँदै
काठमाडाैँ । बाढीपहिरोले अवरूद्ध पृथ्वी राजमार्ग बिहीबारसम्म सञ्चालनमा आउन सकेको छैन।
सोमबार दिउँसोको बाढीपहिरोले मुग्लिनदेखि नौविसेसम्म साना ठूला गरी दुई सय भन्दा बढी पहिरो खसेको थियो।
बाढीले धादिङ र चितवनको सीमामा रहेको मौवाखोला पुलको एकतर्फ करिब १५ मिटर सडक बगाएको थियो। पहिरो हटाउने काम सकिए पनि मौवाखोला पुल मर्मत सकिएको छैन।
शुक्रबार दिउँसोसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम सुरू गरिएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जानकारी दिएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ईञ्जिनियर कृष्णराज अधिकारीले मौवाखोलाको पानीलाई मूलधारमा पठाएर भत्किएको सडक मर्मत सुरू गरिएको जानकारी दिए।
नेपाली सेना र कामदाहरूले ग्याबियन भर्ने काम बुधबारदेखि जारी राखेका छन्।
मौवाखोला पुलको टेवा पर्खाल लगाउने काम सकिएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आउने उनले बताए। मौवाखोलामा ४२ जना मजदूरले भत्किएको सडक मर्मतको काम गरिरहेका छन्।
सडक मर्मतका लागि नुवाकोटबाट ग्याबियन ल्याएर ढुंगा भर्ने काम गरिएको हो। वर्षात् थामिएमा शुक्रबारसम्म उक्त सडक पूर्ण रूपमा सञ्चालनमा आउने उनले जानकारी दिए।
पृथ्वीराजमार्गकै तनहुँस्थित विभिन्न ठाउँमा खसेको पहिरो हटाइसकिएको छ। मुग्लिनदेखि नारायणगढ सडकखण्डका पहिरो पनि हटाइसकिएको छ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












