पर्सामा ८ संक्रमित थपिए, वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा
काठमाडाैँ । वीरगञ्जको बिर्ता र सखुवाप्रसौनी गाउँपालिकामा ८ जना कोरोना संक्रमित थपिएका छन्।
समुदायस्तरमै कोरोना फैलिएपछि वीरगञ्जमा शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार हिजो (शुक्रबार) साँझ रौतहटका १ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि निधन भएकी १७ वर्षीय किशोरीमा पनि संक्रमण पुष्टि भएको छ।
थपिएका संक्रमितहरूको स्वाब अस्ति (बिहीबार) संकलन गरिएको थियो। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरू ५ देखि ५२ वर्षसम्मका छन्। कुनै ट्राभल हिस्ट्री नरहेका तथा कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइनमा रहेका र स्वेच्छाले जाँच गराएकाहरूमा संक्रमण देखिएको हो। पर्सामा अहिलेसम्म ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। चार जनालाई आइसीयूमा राखिएको छ।
अस्पतालमा भर्ना गरिएका धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छ। सहायक प्रजिअ बस्नेतले कोरोना संक्रमओको उच्च जोखिममा रहेकाले भीडभाडमा नजान, स्वास्थ्यसुरक्षाका सबै शर्त र मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेका छन्। बिहीबार राती पनि पाँच जना थुनुवासहित जिल्लाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
शुक्रबार मात्रै कोरोना संक्रमित दुई जना महिलाको मृत्यु भएको छ। सरकारले लकडाउनका अधिकांश प्रावधान हटाएसँगै केही दिन अघिदेखि पर्साका बजार खुलेका थिए। भीडभाड बढेको र आवश्यक स्वास्थ्य सजगता नअपनाएकाले संक्रमण समुदायस्तरमै फैलिएको स्वास्थ्यकर्मीहरूले अनुमान गरेका छन्।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












