पर्सामा ८ संक्रमित थपिए, वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा
काठमाडाैँ । वीरगञ्जको बिर्ता र सखुवाप्रसौनी गाउँपालिकामा ८ जना कोरोना संक्रमित थपिएका छन्।
समुदायस्तरमै कोरोना फैलिएपछि वीरगञ्जमा शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार हिजो (शुक्रबार) साँझ रौतहटका १ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि निधन भएकी १७ वर्षीय किशोरीमा पनि संक्रमण पुष्टि भएको छ।
थपिएका संक्रमितहरूको स्वाब अस्ति (बिहीबार) संकलन गरिएको थियो। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरू ५ देखि ५२ वर्षसम्मका छन्। कुनै ट्राभल हिस्ट्री नरहेका तथा कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइनमा रहेका र स्वेच्छाले जाँच गराएकाहरूमा संक्रमण देखिएको हो। पर्सामा अहिलेसम्म ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। चार जनालाई आइसीयूमा राखिएको छ।
अस्पतालमा भर्ना गरिएका धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छ। सहायक प्रजिअ बस्नेतले कोरोना संक्रमओको उच्च जोखिममा रहेकाले भीडभाडमा नजान, स्वास्थ्यसुरक्षाका सबै शर्त र मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेका छन्। बिहीबार राती पनि पाँच जना थुनुवासहित जिल्लाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
शुक्रबार मात्रै कोरोना संक्रमित दुई जना महिलाको मृत्यु भएको छ। सरकारले लकडाउनका अधिकांश प्रावधान हटाएसँगै केही दिन अघिदेखि पर्साका बजार खुलेका थिए। भीडभाड बढेको र आवश्यक स्वास्थ्य सजगता नअपनाएकाले संक्रमण समुदायस्तरमै फैलिएको स्वास्थ्यकर्मीहरूले अनुमान गरेका छन्।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











