क्वारेन्टाइन सञ्चालन भएका विद्यालय स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने
काठमाडौं- सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन दिएको छ।
साउन १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिषरिषद् बैठकले साउनभरमा विद्यालय पुग्न शिक्षकहरुलाई निर्देशन दिने निर्णय गरेको हो।
यसका साथै मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीका बेला क्वारेन्टाइन सञ्चालन भएका सबै विद्यालयलाई स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने निर्णय गरेको छ। विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउने जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको छ।
यसका साथै सरकारले गत शैक्षिक सत्रमा परीक्षा लिएर नतिजा प्रकाशन गर्ने बाँकी रहेको भए सो कार्य पूरा गर्न समेत भनिएको छ।
सरकारले यसअघि नै भदौ १ देखि नयाँ भर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिसकेको छ। विद्यालयमा पाठ्यपुस्तक पुग्न बाँकी भएको बाँकी भए उपलब्ध गराउँदै वितरण समेत गर्न सुरु गर्ने सरकारले निर्णय गरेको छ।
अब कुनै पनि विद्यालयमा क्वारेन्टाइन सञ्चालन नगर्न समेत सरकारले निर्देशन दिएको छ। यसका साथै विद्यालय नजिक कुनै पनि कोभिड-१९ सम्बन्धी कुनै पनि कार्य सञ्चालन नगर्न सरकारले निर्देशन दिएको छ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











