प्रहरी मुख्यालयमा कोरोना आतंक, देशभरी २५३ जना प्रहरीमा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो समय प्रहरी हेडक्वार्टरमा कार्यरत प्रहरी कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण धमाधम देखिन थालेको छ ।
पछिल्ला नौ दिनमा मात्रै प्रहरी हेडक्वार्टरमा कार्यरत प्रहरी कर्मचारीहरुमध्ये ७२ जनालाई कोरोना भाइरस पुष्टि भैसकेको छ । प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्र्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बताए । कठायतका अनुसार उपत्यकासहित देशभर आइतबार बिहानसम्म २५३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
साउन ११ मा पहिलोपटक प्रहरी हेडक्वार्टरमा चार जनामा कोरोना देखिएको थियो । कोरोना संक्रमिमध्ये २ जना सवारी र २ जना सञ्चार शाखामा कार्यरत थिए । कठायतले भने, ‘सुरुमा संक्रमित चार प्रहरीमा ज्वरो, रुघा–खोकी देखिएपछि परीक्षण गरिएको थियो । सुरुमा संक्रमण पुष्टि भएकाहरुबाट नै संक्रमणको स्रोत खोजी भइरहेको छ ।’
प्रहरी हेडक्वार्टरभित्रै कार्यरत प्रहरी कर्मचारीलाई कसरी कोरोना संक्रमण पुष्टि भयो भनेर चासोको विषय बनेको छ । प्रहरी हेडक्वार्टरमै कोरोना भाइरस कहाँबाट फैलियो भन्ने अध्ययन भइरहेको प्रवक्ता कठायतले बताए ।
उपत्यकाको विभिन्न ठाउँमा हुने जुलुसबाट प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमण फैलिएको हुनसक्ने प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा कार्यरत एक अधिकृतले भने, ‘सुरुमा कोरोना संक्रमित हुने प्रहरी हेडक्वार्टरभित्रकै एक चालक हुन् ।’
ती चालक उपत्यकामा हुने विभिन्न विरोध तथा समर्थनका जुलुस, सभाको सुरक्षा तथा नियन्त्रणका लागि खटिने प्रहरीको गाडी चलाउँदै आएका थिए । ती अधिकृतले भने, ‘असार अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले निकालेको जुलुसमा पनि गाडी चलाएर ती चालक पुगेका थिए माइतीघर मण्डला ।’
माइतीघर मण्डलामा निकालिएको जुलुसबाट कोरोना संक्रमण फैलिएको हुनसक्ने ती अधिकृतले भने, ‘प्रहरी हेडक्वार्टरबाट ती चालकले गाडी चलाएर गएका थिए, जो प्रहरी हेडक्वार्टरभित्र कोरोना भाइरस संक्रमित हुने पहिलो व्यक्ति हुनसक्छन् ।’
त्यस्तै पछिल्लो समय बालुवाटारमा प्रत्येक दिन ‘इनअफ इज इनअफ’ अभियान्ताहरुले प्रदर्शन गरिरहेका छन् । त्यहाँ पुग्ने जो कोहीलाई पनि कोरोना भाइरसको जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।
ती संक्रमितका कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट प्रहरी प्रधान कार्यालयका ७२ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयसहित उपत्यकामा ८५, प्रदेश १ का २९, प्रदेश २ का ४२, गण्डकी प्रदेशका ४८, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् । संक्रमितमा एसपी १ जना, इन्स्पेक्टर ६, सई १२, असई १६, हवल्दार ६९, प्रहरी जवान १५१ र कार्यालय सहयोगी चारजना छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












