प्रहरी मुख्यालयमा कोरोना आतंक, देशभरी २५३ जना प्रहरीमा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो समय प्रहरी हेडक्वार्टरमा कार्यरत प्रहरी कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण धमाधम देखिन थालेको छ ।
पछिल्ला नौ दिनमा मात्रै प्रहरी हेडक्वार्टरमा कार्यरत प्रहरी कर्मचारीहरुमध्ये ७२ जनालाई कोरोना भाइरस पुष्टि भैसकेको छ । प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्र्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बताए । कठायतका अनुसार उपत्यकासहित देशभर आइतबार बिहानसम्म २५३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
साउन ११ मा पहिलोपटक प्रहरी हेडक्वार्टरमा चार जनामा कोरोना देखिएको थियो । कोरोना संक्रमिमध्ये २ जना सवारी र २ जना सञ्चार शाखामा कार्यरत थिए । कठायतले भने, ‘सुरुमा संक्रमित चार प्रहरीमा ज्वरो, रुघा–खोकी देखिएपछि परीक्षण गरिएको थियो । सुरुमा संक्रमण पुष्टि भएकाहरुबाट नै संक्रमणको स्रोत खोजी भइरहेको छ ।’
प्रहरी हेडक्वार्टरभित्रै कार्यरत प्रहरी कर्मचारीलाई कसरी कोरोना संक्रमण पुष्टि भयो भनेर चासोको विषय बनेको छ । प्रहरी हेडक्वार्टरमै कोरोना भाइरस कहाँबाट फैलियो भन्ने अध्ययन भइरहेको प्रवक्ता कठायतले बताए ।
उपत्यकाको विभिन्न ठाउँमा हुने जुलुसबाट प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमण फैलिएको हुनसक्ने प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा कार्यरत एक अधिकृतले भने, ‘सुरुमा कोरोना संक्रमित हुने प्रहरी हेडक्वार्टरभित्रकै एक चालक हुन् ।’
ती चालक उपत्यकामा हुने विभिन्न विरोध तथा समर्थनका जुलुस, सभाको सुरक्षा तथा नियन्त्रणका लागि खटिने प्रहरीको गाडी चलाउँदै आएका थिए । ती अधिकृतले भने, ‘असार अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले निकालेको जुलुसमा पनि गाडी चलाएर ती चालक पुगेका थिए माइतीघर मण्डला ।’
माइतीघर मण्डलामा निकालिएको जुलुसबाट कोरोना संक्रमण फैलिएको हुनसक्ने ती अधिकृतले भने, ‘प्रहरी हेडक्वार्टरबाट ती चालकले गाडी चलाएर गएका थिए, जो प्रहरी हेडक्वार्टरभित्र कोरोना भाइरस संक्रमित हुने पहिलो व्यक्ति हुनसक्छन् ।’
त्यस्तै पछिल्लो समय बालुवाटारमा प्रत्येक दिन ‘इनअफ इज इनअफ’ अभियान्ताहरुले प्रदर्शन गरिरहेका छन् । त्यहाँ पुग्ने जो कोहीलाई पनि कोरोना भाइरसको जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।
ती संक्रमितका कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट प्रहरी प्रधान कार्यालयका ७२ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयसहित उपत्यकामा ८५, प्रदेश १ का २९, प्रदेश २ का ४२, गण्डकी प्रदेशका ४८, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् । संक्रमितमा एसपी १ जना, इन्स्पेक्टर ६, सई १२, असई १६, हवल्दार ६९, प्रहरी जवान १५१ र कार्यालय सहयोगी चारजना छन् ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












