खुमलटारमा प्रचण्डको ब्रिफिङ :ओलीले बैठक राख्न र पद छाड्न पनि मान्नुभएन
काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले स्थगित स्थायी समिति बैठक बोलाउन र पद छोड्नुपर्ने भन्ने दुबै मागलाई अस्वीकार गरेका छन् ।
बालुवाटार छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बेलुका सचिवालयका अन्य सदस्यहरुसँग ओली सहमतिमा आउन नचाहेको भन्दै यस्तो ब्रिफिङ गरेका हुन् ।
‘बैठक राख्न पनि मान्नुभएन । पद छोड्न पनि मान्नुभएन’,
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई खुमलटारमा ब्रिफिङ गर्दै भने, ‘नियमित बैठक नरोकौँ, उठेका प्रश्नहरुबारे छलफल गरौँ भन्दा उहाँ सकारात्मक हुनुभएन ।’
बरु ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक भन्दा महाधिवेशनमार्फत नै निकास निकाल्न आफू तयार रहेको बताएका थिए । ‘अर्ली महाधिवेशनमा तपाईंहरुको चित्त बुझ्दैन भने चैतमा तोकिएकै समयमा महाधिवेशन गरौँ । त्यसैबाट विवादित विषयको निष्कर्ष निकालौँ ।’
खुमलटारमा प्रचण्डको ब्रिफिङपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार पुनः छलफल गर्नेबाहेक कुनै विषयमा सहमति हुन नसकेको आफूले बुझेको बताए ।
‘भोलि पुनः छलफल हुनेबाहेक अन्य उपलव्धि हुन सकेको देखिएन । समस्या जहाँको त्यहीँ छ । हेरौ भोलि केही हुन्छ कि !’, प्रवक्ता श्रेष्ठले रातोपाटीलाई बताए ।
प्रचण्ड र खनालले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग करिव ३ घण्टा बालुवाटारमा छलफल गरेका थिए। बालुवाटार छलफलमा नेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












