लिदी पहिरो : गम्भीर घाइते पाँच जनालाई हेलिकप्टरबाट अस्पताल ल्याइयो
काठमाडाै । जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा गम्भीर घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ । सेनाको टोलीले हेलिकप्टरबाट उनीहरूको उद्धार गरेको हो । घाइतेहरूलाई चौतारास्थित जिल्ला अस्पताल ल्याएर उपचार गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्ला समन्वय समितिको अगुवाइमा उद्धारका लागि हेलिकप्टर पठाइएको उनले जानकारी दिए । ‘पहिरो अझै झरिरहेकाले सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन्, यकिन तंथ्याक र क्षति विवरण आइसकेको छैन,’ उनले भने ।
पहिरोबाट निकालिएका गम्भीर घाइते ५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । ‘पहिरोबाट १५ जना बाहिर निस्केकामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ, घाइतेको उद्धार कार्य गरिँदै छ,’ उनले भने । सुरक्षाकर्मी नपुगेकाले स्थानीय र जनप्रतिनिधि मिलेर खोजी र उद्धार कार्यमा जुटेको श्रेष्ठको भनाइ छ । उनका अनुसार १३ घर पुरिएकोमा पाँच घरका स्थानीय सम्पर्कविहीन छन् ।
चार सय मिटरमाथिबाट आएको पहिरोले बस्ती क्षतविक्षत बनाएको स्थानीय आशबहादुर दोङले फोनमा बताए । उनले भने पहिरोमा ३५ जना हराइरहेको जनाएका छन् ।
Comments
अरु समाचार
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












