लिदी पहिरो : गम्भीर घाइते पाँच जनालाई हेलिकप्टरबाट अस्पताल ल्याइयो
काठमाडाै । जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा गम्भीर घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ । सेनाको टोलीले हेलिकप्टरबाट उनीहरूको उद्धार गरेको हो । घाइतेहरूलाई चौतारास्थित जिल्ला अस्पताल ल्याएर उपचार गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्ला समन्वय समितिको अगुवाइमा उद्धारका लागि हेलिकप्टर पठाइएको उनले जानकारी दिए । ‘पहिरो अझै झरिरहेकाले सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन्, यकिन तंथ्याक र क्षति विवरण आइसकेको छैन,’ उनले भने ।
पहिरोबाट निकालिएका गम्भीर घाइते ५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । ‘पहिरोबाट १५ जना बाहिर निस्केकामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ, घाइतेको उद्धार कार्य गरिँदै छ,’ उनले भने । सुरक्षाकर्मी नपुगेकाले स्थानीय र जनप्रतिनिधि मिलेर खोजी र उद्धार कार्यमा जुटेको श्रेष्ठको भनाइ छ । उनका अनुसार १३ घर पुरिएकोमा पाँच घरका स्थानीय सम्पर्कविहीन छन् ।
चार सय मिटरमाथिबाट आएको पहिरोले बस्ती क्षतविक्षत बनाएको स्थानीय आशबहादुर दोङले फोनमा बताए । उनले भने पहिरोमा ३५ जना हराइरहेको जनाएका छन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












