दुबई एयरपोर्टमा यात्रुहरु अलपत्र, जहाज रित्तै फर्कियो
युएई ।अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्।
आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर (आरए–२२९२) रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रुहरु अलपत्र परेका हुन्। उनीहरु ५ घण्टा अघिनै एयरपोर्ट पुगेका थिए।
होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन सीसीएमसीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखे लगतै तय भएका उद्धार उडानहरु स्थगित गरिएको हो ।
उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको हो ।
नेपालमा बढ्दो कोरोना संक्रमणको अवस्थाले गर्दा बिभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बड्दो क्रम र होटल क्वारेण्टिनका लागि होटल व्यबस्था भएको जानकारी प्राप्त नभएको अवस्थामा होटल, क्वारेण्टिन सुनिश्चितता हुने गरी मात्र उडान स्वीकृति दिन भन्दै कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेको थियो।
तर, अन्तिम अवस्थामा भएको सरकारी निर्णयले स्वदेश फर्कन लागेका नेपाली नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ।दुबई एयरपोर्टबाट एक सय ७० किलो मिटर टाढा युएईको राजधानी आबुधावीबाट एयरपोर्ट आएका यात्रुहरुलाई सम्बन्धित एयरलाइन्स टिकट बिक्रेता र एजेन्सीले अन्तिम अवस्थामा उडान तालिका रद्द भएको जानकारी नगराएकोले उनीहरु बिचल्ली परेका हुन्।
अहिले उनीहरु दुबई एयरपोर्टमा रहेको यात्रु कक्षमा बसेको गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष पासाङ शेर्पाले रातोपाटीलाई बताए।
स्वदेश फर्कने खुशियालीमा अधिकांश यात्रुहरुले आफ्नै खर्चले (पिसीआर) टेष्ट समेत गराए। युएईमा पिसीआर टेष्ट गर्न २ सय चालिस दिर्हाम अर्थात करिब (८ हजार रुपियाँ) लाग्छ।
हवाई टिकटको चर्को शुल्कमा पिल्सिएका उनीहरुलाई उडान नहुँदा फेरी पिसीआर टेष्ट गर्नु पर्ने बाध्यता आएको छ।
पिसीआर टेष्ट गरेको ७२ घण्टा भित्र सम्बन्धित यात्रुले उडान अनुमति पाउनेछन्।
अलपत्र परेका नेपाली यात्रुहरुलाई दुवई एयरपोर्टमा गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी युएई उपाध्यक्ष पासाङ शेर्पा र अन्तर्राष्ट्रिय नेपाली समाज युएईका अध्यक्ष बाबुराम लोप्चनले भेटी अन्तर्राष्ट्रिय नेपाली समाज युएईको तर्फबाट खानाको व्यवस्था गरेका छन्।
उडान कहिले हुने भन्ने अझै सुनिश्चिता नभएको हुँदा अबुधाबीबाट आएका दर्जनौं नेपाली यात्रुहरुलाई वासस्थानको पनि समस्या हुने देखिएको छ ।
गत आइतवार युएईस्थित नेपाली दूतावासले नेपाल एयरलाइन्स सहित बिभिन्न एयरलाइन्सको १५ वटा उडान तालिका सार्वजनिक गर्दै आफुलाई पायक पर्ने मिति र एयरलाइन्सको टिकट लिन भन्दै सुचना प्रकाशित गरेको थियो। उडान स्थगित भएपछि पनि नेपाली दूतावास युएईले उडान स्थगन भएको सूचना निकालेको छैन।
आजै नेपाल एयरलाइन्सको जहाजले काठमाडौंबाट दुबईको उडान भरेको थियो। युएईबाट घर बिदामा गएका नेपाली कामदार लिएर जहाज १ः०० बजे दुबई आइपुगेको थियो। तर नेपाल फर्कदा भने रित्तै फर्किएको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












