दुबई एयरपोर्टमा यात्रुहरु अलपत्र, जहाज रित्तै फर्कियो
युएई ।अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्।
आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर (आरए–२२९२) रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रुहरु अलपत्र परेका हुन्। उनीहरु ५ घण्टा अघिनै एयरपोर्ट पुगेका थिए।
होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन सीसीएमसीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखे लगतै तय भएका उद्धार उडानहरु स्थगित गरिएको हो ।
उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको हो ।
नेपालमा बढ्दो कोरोना संक्रमणको अवस्थाले गर्दा बिभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बड्दो क्रम र होटल क्वारेण्टिनका लागि होटल व्यबस्था भएको जानकारी प्राप्त नभएको अवस्थामा होटल, क्वारेण्टिन सुनिश्चितता हुने गरी मात्र उडान स्वीकृति दिन भन्दै कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेको थियो।
तर, अन्तिम अवस्थामा भएको सरकारी निर्णयले स्वदेश फर्कन लागेका नेपाली नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ।दुबई एयरपोर्टबाट एक सय ७० किलो मिटर टाढा युएईको राजधानी आबुधावीबाट एयरपोर्ट आएका यात्रुहरुलाई सम्बन्धित एयरलाइन्स टिकट बिक्रेता र एजेन्सीले अन्तिम अवस्थामा उडान तालिका रद्द भएको जानकारी नगराएकोले उनीहरु बिचल्ली परेका हुन्।
अहिले उनीहरु दुबई एयरपोर्टमा रहेको यात्रु कक्षमा बसेको गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष पासाङ शेर्पाले रातोपाटीलाई बताए।
स्वदेश फर्कने खुशियालीमा अधिकांश यात्रुहरुले आफ्नै खर्चले (पिसीआर) टेष्ट समेत गराए। युएईमा पिसीआर टेष्ट गर्न २ सय चालिस दिर्हाम अर्थात करिब (८ हजार रुपियाँ) लाग्छ।
हवाई टिकटको चर्को शुल्कमा पिल्सिएका उनीहरुलाई उडान नहुँदा फेरी पिसीआर टेष्ट गर्नु पर्ने बाध्यता आएको छ।
पिसीआर टेष्ट गरेको ७२ घण्टा भित्र सम्बन्धित यात्रुले उडान अनुमति पाउनेछन्।
अलपत्र परेका नेपाली यात्रुहरुलाई दुवई एयरपोर्टमा गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी युएई उपाध्यक्ष पासाङ शेर्पा र अन्तर्राष्ट्रिय नेपाली समाज युएईका अध्यक्ष बाबुराम लोप्चनले भेटी अन्तर्राष्ट्रिय नेपाली समाज युएईको तर्फबाट खानाको व्यवस्था गरेका छन्।
उडान कहिले हुने भन्ने अझै सुनिश्चिता नभएको हुँदा अबुधाबीबाट आएका दर्जनौं नेपाली यात्रुहरुलाई वासस्थानको पनि समस्या हुने देखिएको छ ।
गत आइतवार युएईस्थित नेपाली दूतावासले नेपाल एयरलाइन्स सहित बिभिन्न एयरलाइन्सको १५ वटा उडान तालिका सार्वजनिक गर्दै आफुलाई पायक पर्ने मिति र एयरलाइन्सको टिकट लिन भन्दै सुचना प्रकाशित गरेको थियो। उडान स्थगित भएपछि पनि नेपाली दूतावास युएईले उडान स्थगन भएको सूचना निकालेको छैन।
आजै नेपाल एयरलाइन्सको जहाजले काठमाडौंबाट दुबईको उडान भरेको थियो। युएईबाट घर बिदामा गएका नेपाली कामदार लिएर जहाज १ः०० बजे दुबई आइपुगेको थियो। तर नेपाल फर्कदा भने रित्तै फर्किएको छ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












