काठमाडौंमा १० हजार आइसोलेसन पुर्याउने, नियमित उडानबाट विदेशमा रहेका नेपाली ल्याउने
काठमाडौं । नियमित उडानमार्फत सरकारले खाडीसहित विभिन्न तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कतै नियमित उडानमार्फत कतै चाटर्ड उडानबाट विभिन्न मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
त्यसरी नियमित र चार्टड उडानमार्फत स्वदेश आउन चाहने नागरिकले काठमाडौंमा अनिवार्य सातदिन क्वारेन्टिनमा बस्नुपर्ने छ । होटलको खर्च सम्बन्धित यात्रुले नै बेहोनुपर्ने ती मन्त्रीको भनाइ छ । होटलको व्यवस्थापन जिल्ला सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी)ले गर्नेछ भने टिकट बुक गर्दा नै होटलको खर्च भुक्तानी गर्नुपर्ने मन्त्री बताउँछन् ।
मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति प्रदान गरेको पर्यटन मन्त्रालय स्रोतले जानकारी दियो ।
त्यसरी नियमित र चाटर्ड उडानमार्फत स्वदेश आउन चाहने नागरिकले काठमाडौंमा अनिवार्य सातदिन क्वारेन्टिनमा बस्नुपर्ने छ । यसका अतिरिक्त स्वदेश आउन चाहने नागरिकले ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको (पीसीआर ) रिपोर्ट पनि देखाउनुपर्ने मन्त्रीले जानकारी दिए ।
“होटल जिल्ला सङ्कट व्यवस्थापन सञ्चालनले व्यवस्थापन गर्ने छ । त्यसमा लाग्ने खर्च ट्राभल एजेन्सीले पहिल्यै टिकटमै जोडेर लिने निर्णय गरिएको छ,” ती मन्त्रीले जानकारी दिए ।
भारतबाट स्थल नाका भएर स्वदेश आउन चाहने नागरिकले सीमाबिन्दुकै होटलमा सात दिन क्वारेन्टिन बस्नुपर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ । सरकारले यसअघि नै २० वटा नाकाबाट घटाएर १० वटा नाकाबाट मात्र स्वदेश आउन दिने निर्णय गरिसकेको छ ।
सीमाविन्दुमा होटलको व्यवस्थापन पनि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले नै गर्नेछ । त्यसको खर्च सम्बन्धित यात्रुले नै बेहोर्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
होटलको शुल्क बेहोर्न नसक्ने यात्रुले जिल्ला सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले प्रबन्ध गरेको क्वारेन्टिनमा बस्नुपर्नेछ । सीमाविन्दुबाट क्वारेन्टिन स्थलसम्म सम्बन्धित डीसीसीएमसीले नै लगिदिने निर्णय गरेको ती मन्त्रीको भनाइ छ ।
आजको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा ६ देखि १० हजार आइसोलेसन सङ्ख्या पुर्याउने निर्णय गरेको छ । त्यस्तै कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले त्रिवि शिक्षण अस्पतालसहित विभिन्न सरकारी, सामुदायिक, सहकारी अस्पतालहरू लिने नीतिगत निर्णय पनि गरेको छ । आवश्यक पर्दा निजी अस्पताललाई पनि लिन सक्ने निर्णय गरेको छ । त्यसको विस्तृत योजना तर्जुमा गर्न स्वास्थ्य मन्त्रालयलाई दिइएको मन्त्रीको भनाइ छ ।
“अस्पताल, आइसोलेसन, आइसीयु, क्वारेन्टिन आदिको कमी नहुने नीतिगत निर्णय गरिएको छ । आवश्यक पर्दा निजी अस्पतालसमेत लिने नीतिगत निर्णय भएको छ । त्यसको सम्पूर्ण योजना स्वास्थ्य मन्त्रालयले बनाउने र अस्पताल तोक्ने काम पनि स्वास्थ्यमन्त्रालयले नै गर्नेछ,” ती मन्त्रीको भनाइ छ ।
त्यस्तै आजको बैठकले बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिमा परेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । मृतकका परिवारलाई पनि किरिया खर्चसहितको राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । जोखिममा रहेका बस्तीहरू सार्नेलगायतका केही नीतिगत निर्णय पनि गरेको मन्त्रीको भनाइ छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












