काठमाडौंमा १० हजार आइसोलेसन पुर्याउने, नियमित उडानबाट विदेशमा रहेका नेपाली ल्याउने
काठमाडौं । नियमित उडानमार्फत सरकारले खाडीसहित विभिन्न तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कतै नियमित उडानमार्फत कतै चाटर्ड उडानबाट विभिन्न मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
त्यसरी नियमित र चार्टड उडानमार्फत स्वदेश आउन चाहने नागरिकले काठमाडौंमा अनिवार्य सातदिन क्वारेन्टिनमा बस्नुपर्ने छ । होटलको खर्च सम्बन्धित यात्रुले नै बेहोनुपर्ने ती मन्त्रीको भनाइ छ । होटलको व्यवस्थापन जिल्ला सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी)ले गर्नेछ भने टिकट बुक गर्दा नै होटलको खर्च भुक्तानी गर्नुपर्ने मन्त्री बताउँछन् ।
मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति प्रदान गरेको पर्यटन मन्त्रालय स्रोतले जानकारी दियो ।
त्यसरी नियमित र चाटर्ड उडानमार्फत स्वदेश आउन चाहने नागरिकले काठमाडौंमा अनिवार्य सातदिन क्वारेन्टिनमा बस्नुपर्ने छ । यसका अतिरिक्त स्वदेश आउन चाहने नागरिकले ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको (पीसीआर ) रिपोर्ट पनि देखाउनुपर्ने मन्त्रीले जानकारी दिए ।
“होटल जिल्ला सङ्कट व्यवस्थापन सञ्चालनले व्यवस्थापन गर्ने छ । त्यसमा लाग्ने खर्च ट्राभल एजेन्सीले पहिल्यै टिकटमै जोडेर लिने निर्णय गरिएको छ,” ती मन्त्रीले जानकारी दिए ।
भारतबाट स्थल नाका भएर स्वदेश आउन चाहने नागरिकले सीमाबिन्दुकै होटलमा सात दिन क्वारेन्टिन बस्नुपर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ । सरकारले यसअघि नै २० वटा नाकाबाट घटाएर १० वटा नाकाबाट मात्र स्वदेश आउन दिने निर्णय गरिसकेको छ ।
सीमाविन्दुमा होटलको व्यवस्थापन पनि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले नै गर्नेछ । त्यसको खर्च सम्बन्धित यात्रुले नै बेहोर्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
होटलको शुल्क बेहोर्न नसक्ने यात्रुले जिल्ला सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले प्रबन्ध गरेको क्वारेन्टिनमा बस्नुपर्नेछ । सीमाविन्दुबाट क्वारेन्टिन स्थलसम्म सम्बन्धित डीसीसीएमसीले नै लगिदिने निर्णय गरेको ती मन्त्रीको भनाइ छ ।
आजको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा ६ देखि १० हजार आइसोलेसन सङ्ख्या पुर्याउने निर्णय गरेको छ । त्यस्तै कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले त्रिवि शिक्षण अस्पतालसहित विभिन्न सरकारी, सामुदायिक, सहकारी अस्पतालहरू लिने नीतिगत निर्णय पनि गरेको छ । आवश्यक पर्दा निजी अस्पताललाई पनि लिन सक्ने निर्णय गरेको छ । त्यसको विस्तृत योजना तर्जुमा गर्न स्वास्थ्य मन्त्रालयलाई दिइएको मन्त्रीको भनाइ छ ।
“अस्पताल, आइसोलेसन, आइसीयु, क्वारेन्टिन आदिको कमी नहुने नीतिगत निर्णय गरिएको छ । आवश्यक पर्दा निजी अस्पतालसमेत लिने नीतिगत निर्णय भएको छ । त्यसको सम्पूर्ण योजना स्वास्थ्य मन्त्रालयले बनाउने र अस्पताल तोक्ने काम पनि स्वास्थ्यमन्त्रालयले नै गर्नेछ,” ती मन्त्रीको भनाइ छ ।
त्यस्तै आजको बैठकले बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिमा परेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । मृतकका परिवारलाई पनि किरिया खर्चसहितको राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । जोखिममा रहेका बस्तीहरू सार्नेलगायतका केही नीतिगत निर्णय पनि गरेको मन्त्रीको भनाइ छ ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












