सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत २ संक्रमितको मृत्यु
काठमाडौं। नेपालमा थप २ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।
नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत २ जना कोरोना संक्रमतिको मृत्यु पुष्टि भएको हो ।
अस्पतालका प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालका अनुसार मृत्यु हुनेमा काठमाडौंको बालुवाटारका एकजना पुरुष र राजविराजका अर्का पुरुष छन् ।
डा नेपालका अनुसार बालुवाटारका ७६ वर्षका पुरुषको बिहीबार साँझ अस्पतालमा ल्याइएको एक घण्टामै मृत्यु भएको हो । ती पुरुषमा कोरोना पुष्टि भएर ६ दिन अघिदेखि होम आइसोलेसन मै थिए । तर स्वास्थ्य अवस्था जटिल भएपछि बिहीबार साँझ अस्पताल ल्याइएको थियो ।
‘हिजो साँझ साढे ५ बजेतिर अस्पताल आउनु भएको बालुवाटारका ७६ वर्षका पुरुषको अस्पतालमा ल्याइएको एक घण्टामै मृत्यु भयो,’ डा नेपालले भने, ‘उहाँ ६ दिनअघि देखि कोरोना पुष्टि भएर होम आइसोलेसनमा बस्नुभएको रहेछ । गाह्रो भएपछि अस्पताल आफन्तले ल्याउनुभयो । तर उपचार गर्दागर्दै मृत्यु भयो ।’
डा नेपालका अनुसार मृत्यु भएका अर्का कोरोना संक्रमित राजविराजका ७७ वर्षका पुरुष हुन् ।
ती पुरुष साउन ३० गते काठमाडौं आएर वीर अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । तर स्वास्थ्य अवस्था विग्रिएकाले उनी शुरुमा ग्राण्डी अस्पताल गएका थिए । ग्राण्डी अस्पतालले ती पुरुषलाई ग्रिनसिटी अस्पतालमा पठायो । साउन ३२ गते वीर अस्पतालबाट कोरोनाको रिपोर्ट पोजेटिभ आएको डा नेपालले बताए ।
कोरोना पोजेटिभ भइसकेपछि पनि ग्रिनसिटी अस्पतालमै उपचारत ती पुरुषको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उक्त अस्पतालले बिहीबार साँझ सशस्त्र प्रहरी अस्पतालमा रेफर गरिदिएको डा नेपालको भनाइ छ ।
ती पुरुषलाई सशस्त्र प्रहरी अस्पतालमा बिहीबार साँझ भेन्टिलेटरमा राखिएको थियो । उनको शुक्रबार बिहान मृत्यु भएको डा नेपालले बताए ।
‘उहाँ साउन ३० गते राजविराजबाट आएर वीर अस्पतालमा स्वाब दिएर ग्राण्डी हुँदै ग्रिनसिटीमा भर्ना हुनुभएको रहेछ, साउन ३२ गते रिपोर्ट पोजेटिभ आएछ, रिपोर्ट पाजेटिभ आएपछि ग्रिनसिटीमै उपचारत हुनुहुन्थ्यो,’ डा नेपालले भने, ‘हिजो यहाँलाई ग्रिनसिटीमा धेरे गाह्रो भएपछि, सास फेर्न गाह्रो भएकाले मुखमा श्वास फेर्न ट्युव हालिन्छ, त्यही ट्युवसहित बेलुका ७ बजे पठाइदिनु भएको थियो । हामीले भन्टिलेटरमा राख्यो, तर आज बिहान १० बजे उहाँको मृत्यु भयो ।’
डा नेपालका अनुसार सशस्त्र प्रहरी अस्पतालमा हाल १४० जना कोरोना संक्रमति उपचारत छन् । ती मध्ये २ जना भेन्टिलेटर र १२ जना आइसीयुमा रहेको डा नेपालले बताए ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












