कागेश्वरी-मनोहराको समुदायमै फैलियो कोरोना
काठमाडौं । कागेश्वहरी-मनोहरा नगरपालिकामा समुदायस्तरमै कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएको पाइएको छ।
एकै वडाका ४२ जनामा संक्रमण फैलिएसँगै कागेश्वरीमा संक्रमितको संख्या ८२ पुगेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए।
समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि केही ठाउँमा सिल गरिएको छ। प्रवक्ता पुडासैनीले भने,’ खहरेचोकदेखि वीरेन्द्रचोकसम्म पूरै सिल गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको ९ स्थित वीरेन्द्रचोकदेखि गान्धी मोड हुँदै खहेरे चोकसम्म एम्बुलेन्स बाहेक सम्पूर्ण यातायात र आवागमन पूर्ण रुपले निशेष गरिएको छ.’
उनका अनुसार नगरपालिकाको ७ र ९ नम्बर वडामा समुदायस्तरमै सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। नगरपालिका-९ स्थित वीरेन्द्र चोक आसपासमा मात्रै ४२ जना संक्रमित भेटिएका छन्। ट्राभल हिस्ट्री नै नभएकामा पनि कोरोना संक्रमण देखिएको छ। प्रवक्ता पुडासैनीले भने, ‘ट्राभल हिस्ट्री’ नभएकालाई पनि संक्रमण भएको छ, कागेश्वरी-९ मा एउटै घरका ५ देखि ७ जनासम्म संक्रमण देखिएको छ।’
त्यसैगरी वडा नम्बर ७ अम्बरसिंह चोक क्षेत्रमा २० जना कोरोना संक्रमित भेटिएका छन्। नगर प्रवक्ता पुडासैनीका अनुसार नगरपालिकामा हालसम्म संक्रमितमध्ये ३० जना डिस्चार्ज भएका छन् भने १० जना आइसोलेसनमा र ५१ जना क्वारेन्टाइनमा छन्। आइतबार थप रिपोर्ट आउने नगरपालिकाले जनाएको छ। एकजनाको भने कोरोनाबाट मृत्यु भएको छ।
नगरपालिकामा प्रत्येक हप्ताको सोमबार र शुक्रबार बिहान ९ बजे देखि १ बजेसम्म पीसीआर परीक्षण हुँदै आएको छ। नगरपालिका ६ स्थित मुलपानीस्थित नगर अस्पतालमा नगरवासीको कोरोना परीक्षण हुँदै आएको छ।
कुन वडामा कति संक्रमित
वडा नं. १ मा महिला २ जना र पुरूष २ जना
वडा नं. २ महिला छैन र पुरूष ३ जना
वडा नं. ३ महिला छैन र पुरूष १ जना
वडा नं. ४ महिला छैन र पुरूष २ जना
वडा नं. ५ महिला छैन र पुरूष १ जना
वडा नं. ६ महिला ३ जना र पुरूष ७ जना
वडा नं. ७ महिला ८ जना पुरूष ९ जना
वडा नं. ८ महिला २ जना पुरूष ५ जना
वडा नं. ९ महिला ६ जना पुरूष २५ जना
– महिला २१ जना
– पुरूष ५५ जना
भाद्र ५ गतेसम्म ७६ जना मात्र।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












