कागेश्वरी-मनोहराको समुदायमै फैलियो कोरोना
काठमाडौं । कागेश्वहरी-मनोहरा नगरपालिकामा समुदायस्तरमै कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएको पाइएको छ।
एकै वडाका ४२ जनामा संक्रमण फैलिएसँगै कागेश्वरीमा संक्रमितको संख्या ८२ पुगेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए।
समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि केही ठाउँमा सिल गरिएको छ। प्रवक्ता पुडासैनीले भने,’ खहरेचोकदेखि वीरेन्द्रचोकसम्म पूरै सिल गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको ९ स्थित वीरेन्द्रचोकदेखि गान्धी मोड हुँदै खहेरे चोकसम्म एम्बुलेन्स बाहेक सम्पूर्ण यातायात र आवागमन पूर्ण रुपले निशेष गरिएको छ.’
उनका अनुसार नगरपालिकाको ७ र ९ नम्बर वडामा समुदायस्तरमै सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। नगरपालिका-९ स्थित वीरेन्द्र चोक आसपासमा मात्रै ४२ जना संक्रमित भेटिएका छन्। ट्राभल हिस्ट्री नै नभएकामा पनि कोरोना संक्रमण देखिएको छ। प्रवक्ता पुडासैनीले भने, ‘ट्राभल हिस्ट्री’ नभएकालाई पनि संक्रमण भएको छ, कागेश्वरी-९ मा एउटै घरका ५ देखि ७ जनासम्म संक्रमण देखिएको छ।’
त्यसैगरी वडा नम्बर ७ अम्बरसिंह चोक क्षेत्रमा २० जना कोरोना संक्रमित भेटिएका छन्। नगर प्रवक्ता पुडासैनीका अनुसार नगरपालिकामा हालसम्म संक्रमितमध्ये ३० जना डिस्चार्ज भएका छन् भने १० जना आइसोलेसनमा र ५१ जना क्वारेन्टाइनमा छन्। आइतबार थप रिपोर्ट आउने नगरपालिकाले जनाएको छ। एकजनाको भने कोरोनाबाट मृत्यु भएको छ।
नगरपालिकामा प्रत्येक हप्ताको सोमबार र शुक्रबार बिहान ९ बजे देखि १ बजेसम्म पीसीआर परीक्षण हुँदै आएको छ। नगरपालिका ६ स्थित मुलपानीस्थित नगर अस्पतालमा नगरवासीको कोरोना परीक्षण हुँदै आएको छ।
कुन वडामा कति संक्रमित
वडा नं. १ मा महिला २ जना र पुरूष २ जना
वडा नं. २ महिला छैन र पुरूष ३ जना
वडा नं. ३ महिला छैन र पुरूष १ जना
वडा नं. ४ महिला छैन र पुरूष २ जना
वडा नं. ५ महिला छैन र पुरूष १ जना
वडा नं. ६ महिला ३ जना र पुरूष ७ जना
वडा नं. ७ महिला ८ जना पुरूष ९ जना
वडा नं. ८ महिला २ जना पुरूष ५ जना
वडा नं. ९ महिला ६ जना पुरूष २५ जना
– महिला २१ जना
– पुरूष ५५ जना
भाद्र ५ गतेसम्म ७६ जना मात्र।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












