काठमाडौंका सीडीओ भन्छन्ः निषेधाज्ञा लम्ब्याउने कि नलम्ब्याउने आज निर्णय हुन्छ
काठमाडाैँ । गत बुधबार मध्यरातिदेखि उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा लागू निषेध (अत्यावश्यकबाहेक अन्य गतिविधि बन्द) को अवधि भोलि बुधबार मध्यरातिबाट सकिँदै छ।
यसलाई फेरि लम्ब्याउने कि के गर्ने भन्ने विषयमा छलफल गर्न आज (मंगलबार) तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्दै छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न आज दिउँसो ४ बजे बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।
‘आज हामी पहिले दिउँसो १ बजे उपत्यकाका मेयरहरूसँग बैठक बस्दैछौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले मंगलबार बिहान भने, ‘त्यसपछि दिउँसो ३–४ बजेतिर हामी तीन जिल्लाका सीडीओसहितको संयुक्त बैठक बस्नेछौं।’
निषेध लम्ब्याउने सम्भावना कतिकाे छ त भन्ने नेपालखबरकाे जिज्ञासामा उनले याे विषयमा अहिल्यै भन्न नसकिने बताए।
‘अब हामी बसेर यो एक हप्ता (निषेधाज्ञा लागू अवधि) को प्रभाव कस्ताे देखियाे, त्यसकाे समीक्षा गर्छाैं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसपछि सबैको राय सुझावअनुसार के गर्दा उपयुक्त हुन्छ, त्यही निर्णय गर्छाैं।’
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने उपत्यकामा संक्रमण बढ्दै गएकाले निषेध अवधि थप गर्नुपर्ने आवश्यकता देखिएको बताइन्।
‘अहिले उपत्यकामा औसतमा दैनिक २ सय संक्रमित थपिइरहेका छन्,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले नेपालखबरसँग भनिन्, ‘त्यसो भएको हुनाले निषेधको अवधि पुनः थप गर्नुपर्ने आवश्यकता देखिन्छ।’
कोरोनाविरुद्ध निषेधलगायतका नियम लागू गर्दा उपत्यकाका तीनै जिल्लामा एउटै भाषा/परिभाषाको हुने जानकारी पनि उनले दिइन्।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












