काठमाडौंका सीडीओ भन्छन्ः निषेधाज्ञा लम्ब्याउने कि नलम्ब्याउने आज निर्णय हुन्छ
काठमाडाैँ । गत बुधबार मध्यरातिदेखि उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा लागू निषेध (अत्यावश्यकबाहेक अन्य गतिविधि बन्द) को अवधि भोलि बुधबार मध्यरातिबाट सकिँदै छ।
यसलाई फेरि लम्ब्याउने कि के गर्ने भन्ने विषयमा छलफल गर्न आज (मंगलबार) तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्दै छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न आज दिउँसो ४ बजे बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।
‘आज हामी पहिले दिउँसो १ बजे उपत्यकाका मेयरहरूसँग बैठक बस्दैछौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले मंगलबार बिहान भने, ‘त्यसपछि दिउँसो ३–४ बजेतिर हामी तीन जिल्लाका सीडीओसहितको संयुक्त बैठक बस्नेछौं।’
निषेध लम्ब्याउने सम्भावना कतिकाे छ त भन्ने नेपालखबरकाे जिज्ञासामा उनले याे विषयमा अहिल्यै भन्न नसकिने बताए।
‘अब हामी बसेर यो एक हप्ता (निषेधाज्ञा लागू अवधि) को प्रभाव कस्ताे देखियाे, त्यसकाे समीक्षा गर्छाैं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसपछि सबैको राय सुझावअनुसार के गर्दा उपयुक्त हुन्छ, त्यही निर्णय गर्छाैं।’
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने उपत्यकामा संक्रमण बढ्दै गएकाले निषेध अवधि थप गर्नुपर्ने आवश्यकता देखिएको बताइन्।
‘अहिले उपत्यकामा औसतमा दैनिक २ सय संक्रमित थपिइरहेका छन्,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले नेपालखबरसँग भनिन्, ‘त्यसो भएको हुनाले निषेधको अवधि पुनः थप गर्नुपर्ने आवश्यकता देखिन्छ।’
कोरोनाविरुद्ध निषेधलगायतका नियम लागू गर्दा उपत्यकाका तीनै जिल्लामा एउटै भाषा/परिभाषाको हुने जानकारी पनि उनले दिइन्।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












