चाैधरी ग्रुपको विवादस्पद लगानी प्रकरणः प्रेस काउन्सिललाई जनआस्थाको स्पष्टीकरण
काठमाडाैँ । नबिल बैंकमा एनबी इन्टरनेशनलको विवादास्पद लगानी,चौधरी ग्रुपको संलग्नता विषयमा प्रकाशित समाचार प्रकाशनपछि जनआस्थाविरुद्ध परेको उजुरीमा आस्था प्रकाशन प्रालिले ७ घण्टा नबित्दै प्रेस काउन्सिललाई लिखित जवाफ पठाएको छ ।
नेपालमा बिध्यमान कानूनी कमजोरीको छिद्र केलाउँदै उध्योगपति बिनोद चौधरीले नेपालको मुनाफा बाहिर लाने, बाहिरको नाफा उतै उतै खेलाउने गरेउपर रास्ट्र बैंकले छानबिन थालेसङ्गै सोसम्बन्धी समाचार सर्वप्रथम सार्वजनिक गर्ने जनआस्थाविरुद्ध परेको उजुरीमा आस्था प्रकाशन प्रालिले ७ घण्टा नबित्दै प्रेस काउन्सिललाई लिखित जवाफ पठाएको छ । काउन्सिलले आजै जनआस्थासङ्ग ७ दिने स्पस्टिकरण सोधेको थियो ।
दशकौंदेखि चर्चाको शिखरमा रहेको नबिल बैंकमा एनबी इन्टरनेशनलको विवादास्पद लगानी,चौधरी ग्रुपको संलग्नता र त्यसबाट प्रचलित नियम,कानुनको उल्लंघनवारे सम्बन्धित सन्चारमाध्यममा कुनै प्रतिक्रिया नपठाई औपचारिक रूपमा आंशिक मुख खोलेर चौधरी समूह हिजो प्रेस काउन्सिलसमक्ष गएको र उनैको निवेदनका आधारमा काउन्सिलले लेखेको पत्रसम्बन्धमा यथार्थ विवरण प्रस्तुत छ :-
सर्वप्रथमत: सूचनाको पुस्ट्याइँ खोज्दा छल्ने र समाचार प्रकाशनपछि ढाकछोप गर्न दोश्रो बाटो अवलम्बन गर्ने चौधरी समूहको बिशेषता हो भन्ने आम नेपाली पत्रकारिताको अनुभूति रहेको ब्यहोरा अवगत गराउन चाहन्छु । सँधै सूचना लुकाएको र पारदर्शी हुन नसकेको आरोप लाग्ने उक्त समूहको पछिल्लो निवेदनलाई भने सञ्चारमाध्यम र सञ्चारकर्मीको दृष्टिकोणले सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । जनआस्था साप्ताहिक र जनआस्था डट कममा प्रकाशित समाचारको प्रभावले समूहलाई ढिलै भएपनि उक्त मार्गमा ल्याउन सफल भएकोमा हामी पनि खुशी छौं । यसको लागि प्रेस काउन्सिल परिवारसहित सबैलाई धन्यवाद ।
माननीयको उपमा प्रयोग गर्दै आफ्नो मान र मर्यादा खोज्ने जो कोहीले स्वतन्त्र प्रेस र सञ्चार जगतको मर्यादालाई समेत ख्याल गर्न सक्नुपर्छ । त्यस सन्दर्भमा प्रकाशित समाचारले आफ्नो भावनामा चोट पुगेको भन्ने चौधरी समूहले सबैभन्दा पहिले आस्था प्रकाशन प्रा.लि.को छापा र अनलाइन माध्यममा प्रकाशित समाचारमा उल्लेखित रास्ट्रहितबिपरितका समग्र विषयमध्ये आफूलाई मर्का परेको सन्दर्भ मात्र उल्लेख गरेर सप्रमाण पेश गर्नुपर्नेमा त्यसो गरेको देखिन आएन ।
एनबी इन्टरनेशलले नबिल बैंकमा गरेको विवादास्पद लगानी र मुलुक बाहिर लगिएको विवादास्पद लाभांशलगायतका विषयमा उठाइएका विषयमध्ये कुनचाहिँ प्रसङ्गले चौधरी ग्रुपको मानमर्दन भएको हो ? निवेदनमा सतही कुरो लेखिएपनि सप्रमाण उल्लेख छैन । मुलुकको भलो चिताएर,राष्ट्र बैंकले लिखित रुपमै सोधखोज थालेको सूचनासहित पर्याप्त आधार र तथ्यबाट प्रमाणिकरणपश्चात् प्रकाशित समाचारप्रति जनआस्थाको सम्पादन समूह पूर्ण विश्वस्त छ । यसवारे पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उठाएको सार्वजनिक सरोकारको समेत चौधरी समूहबाट खण्डन हुन सकेको छैन ।
एनबी इन्टरनेशनलको नाममा साँढे दुई दशकदेखि गैह्रकानूनी ढंगले नबिल बैंकको लाभांश बंगलादेश पुर्याइएको सम्बन्धमा यसअघि नेपाल राष्ट्र बैंकले लगाएको रोक,चार वर्षअघि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा संसदीय समितिबाट घुसाइएको ‘नाजायज व्यवस्था’ र विगतमा बाफियाबमोजिम एनबी इन्टरनेशनलको सेयर स्थानीय व्यक्ति,बैंक तथा वित्तीय संस्था वा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थालाई बिक्री वितरण गर्न राष्ट्र बैंकले दिएको निर्देशनले एनबीमाथि लागेको आरोपलाई प्रमाणित गर्छ कि गर्दैन ?
साथै,राष्ट्र बैंकको उक्त निर्देशनपश्चात समयावधि तोकेर सेयर बिक्री वितरण गर्ने लिखित जवाफ पठाएको नबिल बैंकले आफ्नो प्रतिबद्धताबमोजिमको काम गर्यो कि गरेन ? यसवीच उल्टै बाफिया संशोधनमा ‘नाजायज व्यवस्था’ घुसारेर विगतको आरोपलाई निरन्तरता कसले दिएको हो ?
नीतिगत रूपमा अरु व्यापारी तथा व्यवसायीले बाहिरबाट नेपालमा उद्योेगधन्दा खोल्ने उद्देश्यले ल्याएको भनिएका अरबौं रूपैयाँसमेत प्रक्रिया नमिलेको आधारमा सम्बन्धित निकायले रोकेकै छन् । तीबारेमा पनि जनआस्थाले पत्रकारिताको धर्म नछाडी प्रकाशित गर्दै आइरहेको छ । तर,अरुलाई लाग्ने कानून आफूलाई चाहिँ लाग्न नहुने भन्दै प्रतिवाद गर्नुको औचित्य बुझिनसक्नु छ ।
यदि जनआस्था साप्ताहिक र जनआस्था डट कममा प्रकाशित समाचारमा कुनै आधिकारिकता नभएको भए भदौ ३ गतेको जनआस्था र जनआस्था डट कममा प्रकाशित ‘अर्बपतिको मुहानमा बल्ल आक्रमण’ शीर्षकको समाचार प्रकाशनलगत्तै थप सामाग्री प्रकाशित नगरिदिन विभिन्न ब्यक्ति र समूहबाट गरिएको गैरकानुनी आग्रहको अन्तर्य के हो ?
भदौ ५,६ र ७ गतेसम्म चौधरीको वारेसनामामा विभिन्न उच्चस्तरीय बिचौलियालाई किन प्रयोग गराइयो ? तिनले राखेका प्रस्तावको अर्थ केलाउने कि नकेलाउने ? अन्यथा,किन प्रयोग गरियो बिचौलिया ? बिचौलियाले जतिसुकै निमकको सोझो गर्न जोडबल गरे पनि सफलता हात नलागेपछि एकै भाषा,अक्षर र शैलीमा ‘तथ्यहीन,आधारहीन’ जस्ता शब्दको प्रयोगमार्फत् चौधरी समूहद्वारा प्रायोजित समाचार स-साना केही अनलाइनमा छरपस्ट पार्दै त्यसपछि बल्ल ९ गते बेलुका काउन्सिलमा हालिएको निवेदनलाई फेस सेभिङ्गको असफल प्रयास भन्ने कि नभन्ने ?
नितान्त मुलुकको हितलाई ध्यानमा राखी जनआस्थाले उठाएको उक्त पेचिलो समाचारको उचित जवाफ अब पर्याप्त आधार,कारण,तथ्य,प्रमाणसहित देश विदेशका स्वाभिमानी नेपाली जनता,सरकार,संसदलाई अब चौधरी समूहले नै दिनुपर्ने भएको छ । कुनैपनि समाचारको खण्डन र बिरोधमा लिखित प्रमाण बिनाको शव्दजालको कुनै अर्थ रहन्न ।
पुनश्च: रास्ट्रहितलाई सर्वोपरी राख्दै प्रेस काउन्सिलले तथ्यको कसीमा निकाल्ने निस्कर्शको जनआस्थाबाट सदैव सम्मान हुने नै छ ।

Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












