पर्सामा गर्भवती महिलासहित थप दुई जनाको मृत्यु
काठमाडाैँ । वीरगन्जको अस्पतालमा उपचारका क्रममा थप ३ जना कारोना संक्रमितको मृत्यु भएको छ।
वीरगन्जको अस्पतालमा पर्साका २ र बाराका १ गर्भवती महिला गरी ३ जनाको मृत्यु भएको हो। वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा बिहीबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो।
साउन ३० गते कोरोना संक्रमण पुष्टि भएपछि त्यहि दिन उनी वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए।
मृगौला रोगी ती पुरुषमा निमोनियाको पनि समस्या रहेको र उपचारका क्रममा उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।
यस्तै वीरगन्जकै नारायणी अस्पतालमा उपचाररत कारोना संक्रमित बाराकी एक गर्भवती महिलाको पनि बिहीबार बिहान मृत्यु भएको छ। बाराको सुर्वण गाँउपालिका – ४ हर्दिया गाँउकी २३ वर्षीया गर्भवती महिलाको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिए। गत भदौ ८ गते स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि नारायणी अस्पतालमा ती महिलालाइ भर्ना गरिएको थियो।
ती महिलामा श्वासप्रश्वासमा समेत सम्स्या देखिएपछि उनको स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा बुधबार उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। अस्पतालकै आइशोलेसन वार्डमा उपचाररत ती महिलाको बिहीबार बिहान मृत्यु भएको डाक्टर चौरसियाले बताए।
यसअघि बुधबार राति नारायणी अस्पतालको आइशोलेसन वार्डमा उपचाररत पर्साको धोबनी गाउँपालिका- ३ गुलरीया गाँउका ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो।
ज्वरो आउनुका साथै स्वासप्रस्वासमा समेत समस्या देखिएपछि उनलाई भदौ ८ गते नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।त्यहि दिन उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो।
योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४५ मध्ये १ बेवारिसे युवकसहित पर्साका ३३ जना, बाराका १० जना र रौतहटका २ जना रहेका छन्।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












