पर्सामा गर्भवती महिलासहित थप दुई जनाको मृत्यु
काठमाडाैँ । वीरगन्जको अस्पतालमा उपचारका क्रममा थप ३ जना कारोना संक्रमितको मृत्यु भएको छ।
वीरगन्जको अस्पतालमा पर्साका २ र बाराका १ गर्भवती महिला गरी ३ जनाको मृत्यु भएको हो। वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा बिहीबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो।
साउन ३० गते कोरोना संक्रमण पुष्टि भएपछि त्यहि दिन उनी वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए।
मृगौला रोगी ती पुरुषमा निमोनियाको पनि समस्या रहेको र उपचारका क्रममा उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।
यस्तै वीरगन्जकै नारायणी अस्पतालमा उपचाररत कारोना संक्रमित बाराकी एक गर्भवती महिलाको पनि बिहीबार बिहान मृत्यु भएको छ। बाराको सुर्वण गाँउपालिका – ४ हर्दिया गाँउकी २३ वर्षीया गर्भवती महिलाको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिए। गत भदौ ८ गते स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि नारायणी अस्पतालमा ती महिलालाइ भर्ना गरिएको थियो।
ती महिलामा श्वासप्रश्वासमा समेत सम्स्या देखिएपछि उनको स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा बुधबार उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। अस्पतालकै आइशोलेसन वार्डमा उपचाररत ती महिलाको बिहीबार बिहान मृत्यु भएको डाक्टर चौरसियाले बताए।
यसअघि बुधबार राति नारायणी अस्पतालको आइशोलेसन वार्डमा उपचाररत पर्साको धोबनी गाउँपालिका- ३ गुलरीया गाँउका ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो।
ज्वरो आउनुका साथै स्वासप्रस्वासमा समेत समस्या देखिएपछि उनलाई भदौ ८ गते नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।त्यहि दिन उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो।
योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४५ मध्ये १ बेवारिसे युवकसहित पर्साका ३३ जना, बाराका १० जना र रौतहटका २ जना रहेका छन्।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











