भागभन्डा मिलाउन मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीकाे तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भागभन्डा मिलाउनकै लागि मन्त्रालय फुटाएर केही मन्त्री थप गर्ने तयारी थालेका छन् ।
मन्त्रालय फुटाउने विषयमा पार्टीभित्र सैद्धान्तिक सहमति समेत गरिसकेका प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फुटाृएर भौतिक तथा पूर्वाधार र यातायात मन्त्रालय छुट्टाछुट्टै मन्त्रालय बनाउने तयारी गरेका छन् । यातायात मन्त्रालय अन्तर्गत रेल विभाग, पानी जहाज, यातायात विभाग रहनेछन् ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई फुटाएर उद्योग मन्त्रालय र वाणिज्य तथा आपूर्ती मन्त्रालय बनाउने तयारी प्रधानमन्त्री ओलीले थालेका छन् । साथै प्रधानमन्त्री मातहत रहने गरी एक मन्त्रालय थप्ने तयारी रहेको छ । अब विस्तारित हुने मन्त्रिपरिषद्मा नेकपाको सचिवालय बैठकले विवाद समाधान गर्ने उपाय सिफारिस गर्नका लागि बेनको कार्यदलका सदस्यलाई मन्त्री बनाउने गरी तयारी थालेको छ ।
हाल सुचना तथा सञ्चार मन्त्रालय र सहरी विकास मन्त्रालय खाली रहेको छ । यसअघि पनि कृषि विकास, पशुपन्छी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर प्रधानमन्त्री ओलीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो । पछि पुनः मन्त्रालय फुटाएपछि मन्त्रालयको संख्या २१ बाट २२ वटा रहेको थियो । दुई वटा मन्त्रालयलाई फुटाएर मन्त्रिपरिषद् पुन गठन गरेसँगै अब मन्त्रालयको संख्या २५ वटा रहनेछ ।
संविधानले प्रधानमन्त्रीलाई २५ जनासम्म रहनेगरि मन्त्रीपरिषद् गठन गर्न सक्ने व्यवस्था गरेकाे छ । जसमा प्रधानमन्त्रीसहित उपप्रधान,मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री हुन्छन् भनी संविधानमा स्पष्ट व्यवस्था गरिएको छ । राजनीतिक भागवण्डाका पुर्याउन जथाभावी मन्त्रालय बनाउने विकृती बढेपछि संविधानमा नै मन्त्रालयकाे संख्या किटान गरिएकाे हाे ।
नेपालकाे राजनीतिक इतिहासमा कुनै बेला ५१ सदस्यीय मन्त्रिपरिषद समेत गठन भएकाे थियाे । यसअघि पनि भागभन्डाका कारण विज्ञान तथा प्रविधि मन्त्रालय मात्र हालसम्म ६ पटक गठन तथा पुनःगठन भएको थियो । २०३९ मंसिर २० गते विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका रूपमा गठन भएको यो संस्था ०५३ जेठ २ गते विज्ञान तथा प्रविधि मन्त्रालयका रूपमा गठन भएको थियो ।
०६१ चैत १८ मा पुनःगठन हुँदै वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय बनेको यो मन्त्रालय ०६६ जेठ २९ मा पुनः विज्ञान तथा प्रविधि मन्त्रालय बन्यो । ०६९ जेठ ५ गते पुनः विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय बनेको यो मन्त्रालय ०७२ पुस ९ मा पुनः फुटेर विज्ञान तथा प्रविधि मन्त्रालय बनेको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












