एमसीसी विवाद: नयाँ मिति तोक्ने नेपालको प्रस्तावमा के जबाफ आयो
एजेन्सि । मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको नयाँ मिति तत्काल नतोकेरै अघि बढ्न अमेरिकाले आग्रह गरेको नेपाली अधिकारीहरूले जनाएका छन्।
संसद्बाट अनुमोदन नभएपछि नेपालले दुवै पक्ष बसेर अर्थात् “एन्ट्री इन टु फोर्स (इआईएफ)” अर्थात् परियोजना कार्यान्वयनको थालनी गर्ने समयको नयाँ मिति तोक्न एमसीसीलाई आग्रह गरेको थियो।
अर्थ मन्त्रालयका एक अधिकारीले भने, “मिति तोक्नुअघि हामीले गर्नुपर्ने पूर्वसर्तहरू पूरा गर्नतर्फ लागौँ, त्यसलाई प्राथमिकता दिऔँ अनि त्यसपछि मिति तोकौँला भन्ने जबाफ आएको छ।”
पुरानो मिति गुज्रिएपछि अर्थ मन्त्रालयको तर्फबाट सचिव शिशिर ढुङ्गानाले पत्र लेखेका हुन्। उनले उक्त कुरा अस्वीकार नगरे पनि एमसीसीले औपचारिक रूपमा कुनै जबाफ आए वा नआएको पुष्टि गर्न चाहेनन्।
काम गर्न बाँकी के?
परियोजनाको कार्यान्वयनको मितिसम्म पुग्न छवटा पूर्वसर्तमध्ये चारवटा पूरा भएको अधिकारीहरूले जनाएका छन्।
बाँकी दुईवटामा एउटा संसद्बाट अनुमोदन गर्ने र अर्को जग्गा अधिग्रहणको काम गर्ने तथा प्रसारणलाइन बनाउँदा काट्नुपर्ने रूखहरूको कटानीको अनुमति लिनुपर्ने छ।
जग्गा अधिग्रहणको काम नुवाकोटमा अघि बढेको थियो। तर कोरोनाभाइरस सङ्क्रमणका कारण त्यसमा अवरोध देखा परेको छ।
सत्तारूढ दल नेकपाभित्रैबाट भएको विरोधका कारण अघिल्लो संसद् अधिवेशनबाट त्यो अनुमोदन भएन।
विवाद मिलाउन बनाइएको कार्यदलले ‘सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्न’ सिफारिस गरेको छ।
संशोधन र परिमार्जनका साथै उठेका कतिपय विषयहरूबारे दुवै पक्षले स्पष्ट पार्नुपर्ने पनि त्यसको आशय रहेको कार्यदलका सदस्य एवम् भूतपूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिए।
अर्थमन्त्री छँदा उक्त सम्झौतामा हस्ताक्षर गरेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो दल त्यो पारित हुनुपर्ने पुरानै अडानमा रहेको बताए।
‘जीवित छ एमसीसी कम्प्याक्ट’
कम्प्याक्ट सम्झौतामा परियोजना कार्यान्वयनको मिति तोकिएको थिएन। त्यसमा दुवै पक्षले सहमतिमा मिति तोक्न सक्ने उल्लेख छ।
त्यसैले तोकिएको मितिमा सम्झौता संसद्बाट अनुमोदन नहुँदैमा त्यो अन्त्य भइसकेको भन्न नमिल्ने जानकारहरू बताउँछन्।
त्यसैले संसद्बाट पारित नहुँदा एमसीसी अनुकूल समयमा अघि बढाउने अवसर प्राप्त भएको देखिन्छ।
“परियोजनाअन्तर्गतका कामहरू पाँच वर्षभित्रै पूरा गर्नुपर्ने हुँदा विश्वव्यापी महामारीका कारण त्यो पछि धकेलिन सक्ने जोखिम हुनसक्थ्यो,” एक अधिकारी भन्छन्, “त्यस दृष्टिले एमसीसीलाई लिएर नेकपाभित्रको विवाद र महामारीले राम्रो अवसर पनि दिएको ठान्नुपर्छ।”
सम्झौताअनुसार विशेषगरी अन्तर्देशीय विद्युत् प्रसारण लाइन निर्माण र विकासमा अमेरिकाले ५० करोड अमेरिकी डलर भनेको करिब ६० अर्ब नेपाली रुपैयाँ अनुदान दिनेछ।
त्यसमध्ये केही अर्ब रुपैयाँ रकम सडक मर्मत र अन्य विषयमा खर्च हुनेछ।
सम्झौताअनुसार नेपालले पनि पूर्वाधार विकासमा आफ्नोतर्फबाट करिब १५ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












