कोटेश्वरका १९ ट्राफिकसहित उपत्यकाका २५० प्रहरीमा संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा मात्र २५० प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
कुल संक्रमितमध्ये ८६१ प्रहरीको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रहरी प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार ६५५ प्रहरी भने कोरोनाको उपचारपछि डिस्चार्ज भएका छन।
कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोटेश्वरका दुई प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा परेका ३३ जनाको बिहीबार स्वाब संकलन गरिएको थियो। त्यसमध्ये १७ जनाको शनिबार रिपोर्ट पोजिटिभ आएको ट्राफिक प्रहरी महाशाखा स्रोतले जानकारी दिएको छ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ। मृतकको संख्या २०८ पुगेको छ।
पछिल्लो २४ घण्टामा उपत्यकामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंका १५५, भक्तपुरका १२ र ललितपुरका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा देशभर २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि छ। नेपालमा अहिलेसम्म ६ लाख ६९ हजार ६२६ जनाको पीसीआर परीक्षण गर्दा संक्रमितको संख्या ३७ हजार ३४० पुगेको हो।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











