नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० मात्रै होः स्वास्थ्य मन्त्रालय
काठमाडौं । नेपालमा कोरोनाकै कारण १० जनाको मात्र मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जसमा सबैभन्दा बढी प्रदेश २ मा सातजना छन् । कोरोनाभाइरस (कोभिड)बाटै मृत्यु भएकाहरुको ३० देखि ४० वर्ष उमेर समूहमा चारजना पुरुष ६५ देखि ८० वर्ष उमेर समूहमा तीनजना पुरुष छन् ।
प्रदेश १ मा दुई जनाको कोभिड १९ बाटै मृत्यु भएको छ । उनीहरुको उमेर समूह ४५ वर्ष छ । सुदूरपश्चिम प्रदेशमा एकजना ४६ वर्षका पुरुषले कोभिड १९ कै कारण मृत्यु भएको थियो । अन्य व्यक्तिहरुमा कोभिड १९ सँगै पहिल्यै निमोनियाँ, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको डाटाअनुसार कोरोनाबाहेक उच्च रक्तचाप, निमोनिया, क्यान्सर तथा दमका रोगी, लामो समयदेखि सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या,मधुमेह, नसा सम्बन्धी समस्यालगायतका कारण देखाएको छ ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको रिपोर्टमा जम्मा १० जनाबाहेकको मृत्युको कारण अन्य भएको उल्लेख छ । कोरोनाले नेपालमा अहिलेसम्म २२८ जनाको मृत्यु भएको छ ।
कोरोनाले मृत्यु हुनेमा ६० प्रतिशतभन्दा बढी ५० वर्षभन्दा माथिका
नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड १९) का कारण २२८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेमा ६० प्रतिशतभन्दा बढी ५० वर्षभन्दा माथि उमेर समूहका छन् । नेपालमा कुल संक्रमितमा ०.५८ प्रतिशत मृत्यु दर देखिएको छ ।
मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मृत्युको तथ्यांक हेर्दा सबैभन्दा बढी ५० वर्षभन्दा माथिकै व्यक्ति छन् । साथै उनीहरुमा अन्य विभिन्न दीर्घरोगसमेत रहेको अधिकारीले बताए । उनले भने, “विभिन्न स्वास्थ्यमा कुनै पनि समस्या भएका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा कोरोना संक्रमणले बढी असर गरेको छ ।”
कोरोनाबाट ज्यान गुमाउनेमा १६५ पुरुष, ५७ जना महिला तथा तीन बालिका र तीन बालक गरी २२८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा छ ।
कुन उमेर समूहका कतिले ज्यान गुमाए ?
नेपालमा कोभिड १९ का कारण ४९ दिनको शिशुदेखि १०८ वर्षका ज्येष्ठको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । यस्तै ४९ दिनको शिशुदेखि १८ वर्ष उमेर समूहका आठ बालबालिकाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । जुन कुल मृत्युको ३.५० प्रतिशत हो । म्याग्दीका ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ती बालकमा जन्मनेबित्तिकै मिर्गौलाको समस्या देखिएको थियो ।
यस्तै, १९ देखि ३० वर्ष उमेर समूहका १७ जनाले कोरोनाका कारण गुमाएका छन् । जुन मृत्युको ७.४६ प्रतिशत हो ।
३१ देखि ४० वर्ष उमेर समूहका २१ जनाको मृत्यु भएको छ यो कुल मृत्युको ९.२१ प्रतिशत हो । ४१ देखि ५० वर्ष उमेर समूहका ४४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यो कुल मृत्युको १९.२९ प्रतिशत हो ।
यस्तै ५० वर्षभन्दा माथि उमेर समूहका सबैभन्दा बढी १३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो कुल मृत्युको ६०.५२ प्रतिशत हो । नेपालमा ५० वर्षभन्दा माथिका मृत्यु हुने अधिकांशमा दीर्घकालीन स्वास्थ्य समस्या रहेको मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कतिले ज्यान गुमाए ?
देशगत रूपमा कोरोनाका कारण मृत्यु हुनेको तथ्याकं हेर्दा सबैभन्दा बढी प्रदेश २ मा देखिन्छ । जसमा ७९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उक्त जिल्लाको पर्सामा मात्र ३६ जनाको कोरोनाबाट मृत्यु भएको छ । सोही प्रदेशको बारामा १२ जनाले र धनुषामा पनि १२ जनाले नै कोरोनाका कारण मृत्यु भएको छ । भने अन्य जिल्लामा मृत्युको दोहोरो अंक छैन ।
कोरोनाका कारण वाग्मती प्रदेशमा ५४ जनाको मृत्यु भएको छ । उपत्यकामा कोभिड १९ का कारण ३५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये काठमाडौंमा २१ जना भक्तपुरमा आठजना र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौंमा कोरोनाबाट ज्यान गुमाउनेमा महिला नौजना छन् । उनीहरु ४१ वर्षदेखि ७८ वर्ष उमेर समूहका छन् । पुरुष १२ जना छन् । उनीहरु ४८ देखि ९४ वर्ष उमेर समूहका छन् । मंगलबार दिउँसोसम्म काठमाडौंमा चार हजार ५२२ जनामा कोरोना संक्रमण देखिएको छ । भने सक्रिय संक्रमित चार हजार ९६ जना छन् ।
भक्तपुरमा भदौ १६ गतेसम्म ५१७ जनामा कोरोना देखिएको छ भने सक्रिय संक्रमित ३८१ जना छन् । भक्तपुरमै चार महिला र चार पुरुषले कोरोनाका कारण ज्यान गुमाएका छन् । ललितपुरमा ६ जनाको मृत्यु भएकामा पुरुष पाँचजना र एक महिला छन् । भदौ १६ गते दिउँसोसम्म ललितपुरमा ६८५ जनामा कोरोना संक्रमण देखिएको छ । भने सक्रिय संक्रमित ६०९ छन् ।
नेपालमा सबैभन्दा पहिले वाग्मती प्रदेशकै सिन्धुपाल्चोककी २९ वर्षकी महिलाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।
यसैगरी, प्रदेश १ मा ३७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने सबैभन्दा बढी मोरङका १३ जनाको मृत्यु भएको छ । प्रदेश ५ मा ३२ जना, गण्डकी प्रदेशमा १२ जना, सुदूरपश्चिम प्रदेशमा १० जना र कर्णाली प्रदेशमा ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












